‘१० वर्षमा भएका गल्तीहरूलाई एउटा आयोग बनाएर अध्ययन गरौँ’
सारांश
- भावना राउतले आसन्न निर्वाचनले मुलुकको गतिरोध अन्त्य गर्ने बताइन्।
- उनले संविधानको रक्षा गर्दै अघि बढ्नुपर्ने र संघीयता, धर्मनिरपेक्षता र लोकतन्त्रलाई मान्ने बताइन्।
- राउतले चुनावलाई निकासको एकमात्र विकल्पको रूपमा लिँदै संविधान संशोधनको मुद्दालाई प्राथमिकता दिनुपर्ने बताइन्।
काठमाडौँ । जेनजी अभियन्ता भावना राउतले आसन्न निर्वाचनले मात्र मुलुकमा देखिएको गतिरोध अन्त्य गर्न सक्ने बताएकी छन्। नेपाल कानून समाजले मंगलबार काठमाडौंमा आयोजना गरेको एक अन्तरक्रिया कार्यक्रममा बोल्दै उनले संविधानको रक्षा गर्दै मुलुकलाई अघि बढाउनुपर्नेमा आफू दृढ रहेको बताइन्।
उनले आफूले संविधानमा उल्लेख गरिएका सङ्घीयता, धर्मनिरपेक्षता र लोकतन्त्रलाई अनुशरण गरेर अघि बढ्ने बताइन्। अभियन्ता राउतले मुलुकलाई निकास दिनका लागि जेन-जी पुस्ताले पनि राजनीतिक सुझबुझ देखाउनुपर्ने बेला आएको बताएकी छन्।
‘मुलुकलाई गतिरोधबाट निकाल्न सक्ने एउटा मात्रै अवस्था भनेको चुनाव हो,’ उनले भनिन्, ‘यो संविधान सभाबाट पारित संविधान हो, यो संविधानलाई यत्तिकै छुन पाइँदैन। म यो संविधान मान्छु, सङ्घीयता मान्छु, धर्मनिरपेक्षता पनि मान्छु, म लोकतन्त्र पनि मान्छु।’
यद्यपि, संविधान सुधार हुनुहुँदैन भन्ने आफ्नो भनाइ नरहेको स्पष्ट पार्दै उनले विगत १० वर्षमा भएका गल्तीहरूलाई एउटा आयोग बनाएर अध्ययन गर्नुपर्ने बताइन्। राउतले आगामी निर्वाचनपछि बन्ने प्रतिनिधि सभाले संविधान संशोधनको मुद्दालाई पहिलो प्राथमिकतामा राख्ने गरी निर्वाचनको एजेण्डा बनाएर अघि बढ्नुपर्नेमा जोड दिएकी छन्।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मनसुन अवधिभर विशेष सावधानी अपनाउन प्राधिकरणको आग्रह
-
‘ग्रे लिस्ट’बाट हटाउन सबैको संयुक्त प्रयास आवश्यकः महालेखापरीक्षक राया
-
खैरो हेरोइनसहित दुई महिला पक्राउ
-
बिल बिजक नराख्नेलाई विभागको जरिवाना
-
१२ बजे १२ समाचार: बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न, कोशीमा मुख्यमन्त्री बन्न दौडधुप
-
इरानमाथि पुनः नाकाबन्दी लागू गरेयता ९ जहाजको मार्ग परिवर्तन गराइएको अमेरिकी सेनाको दाबी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण