नेपालको संविधानलाई राम्रो भन्न सकिँदैन : पूर्वप्रधानन्यायाधीश कल्याण श्रेष्ठ
सारांश
- पूर्वप्रधानन्यायाधीश कल्याण श्रेष्ठले नेपालको संविधान राम्रो नभएको टिप्पणी गरे।
- उनले संविधानले राम्रो नतिजा नदिएको र जनता सन्तुष्ट नभएको बताए।
- श्रेष्ठले जेनजी पुस्ताको आन्दोलनको सम्मान गर्नुपर्ने धारणा राखे।
काठमाडौँ । पूर्वप्रधानन्यायाधीश कल्याण श्रेष्ठले नेपालको संविधानलाई राम्रो भन्न नसकिने टिप्पणी गरेका छन्। संविधान राम्रो भएको भए जनतामा सन्तुष्टिको मात्रा बढ्ने थियो भन्ने उनको निष्कर्ष छ।
नेपाल कानुन समाजले मंगलबार काठमाडौँमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै उनले संविधानले राम्रो नतिजा नदिएकै कारण जेनजी पुस्ताले आन्दोलन गर्नुपरेको जिकिर गरे। आम जनताले संविधानको लाभहरू भोग्न नपाएकोमा उनले असन्तुष्टि व्यक्त गरे।
पूर्वप्रधानन्यायाधीश श्रेष्ठले भने, ‘नतिजा आउँदै नआउने संविधान कसरी राम्रो हुन सक्छ ? राजनीति विशिष्ट खालको र सुशासन निकम्मा खालको कसरी हुन सक्छ?’
उनले थपे, ‘यदि संविधान राम्रो हो भने यसको नतिजा त आउँथ्यो त। जनताको सन्तुष्टिको मात्रा त बढ्थ्यो त। यस्तो आन्दोलन गर्नुपर्ने अवस्था आउँदैनथ्यो त। नतिजाहरू आएनन्। मान्छेहरू यसको लाभहरू भोग्न चाहन्छन्। पाएनन् भने पाएनन् भन्न पाउनुपर्छ। यसरी भन्नुपर्ने अवस्थामा आयो यो।’
उनले जेनजी आन्दोलन देशप्रति माया गर्नेहरूले गरेको उल्लेख गर्दै त्यसको सम्मान गरेर अघि बढ्नुपर्ने बताएका छन्।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
तारकेश्वरबाट चोरीका सुनचाँदीका गहनासहित दुई जना पक्राउ
-
सडकको ताजा अवस्था : कतै पूर्ण बन्द, कतै एकतर्फी सञ्चालन (सूचीसहित)
-
किन किनारा लगाइए अर्थमन्त्री वाग्ले ?
-
फुटबल अर्थतन्त्रः रेस्टुरेन्टको सट्टा फुड डेलिभरी चले, एआईले टिसर्ट व्यापार खस्कियो
-
सिर्सिया नदीमा दुर्गन्धित फोहर फ्याक्ने ६ उद्योगलाई जरिवाना
-
पूर्वराजालाई भेट्न नपाएको भन्दै शितलनिवास अगाडि आत्मदाह प्रयास
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण