ढुलमुलेपन त्यागेर स्पष्ट दिशामा अघि बढौँ : डा. रिजाल
काठमाडौँ । नेपाली कांग्रेसका नेता डा. मिनेन्द्र रिजालले पार्टीले अब ढुलमुलेपन त्यागेर स्पष्ट दिशामा अघि बढ्नुपर्ने बताएका छन् ।
सानेपामा जारी केन्द्रीय कार्यसमिति बैठकमा मंगलबार धारणा राख्दै उनले पार्टीको आन्तरिक कमजोरी, असफल निर्णय प्रक्रिया, गठबन्धनप्रतिको निर्भरता र आगामी महाधिवेशनका विषयमा खुलस्त टिप्पणी गरे ।
डा. रिजालले नेतृत्व र निर्णय प्रक्रियामाथि टिप्पणी गर्दै भने, ‘तीन वर्षदेखि किनारामा बसेको मान्छे हुँ । पार्टी कसैले चलाएको छैन भन्ने भनाइ गलत हो। सभापति बाहेक अरू कसैको दोष छैन भनेर पास गर्ने हो भने त्यसै गरौँ ।’
रिजालले हालको संसद्ले जनमतको म्यान्डेट गुमाइसकेको र त्यसका कारण जेनजी आन्दोलनले कांग्रेसलाई गहिरो आत्मपरीक्षण गर्न बाध्य बनाएको बताए ।
‘म्यान्डेट गुमेको थिएन भने आन्दोलन किन भयो ? कांग्रेसले स्पष्ट उभिनुपर्छ – म्यान्डेट गुमेको हो कि होइन ? यदि गुमेको हो भने नयाँ म्यान्डेटका लागि हिँड्न तयार हौँ,’ डा. रिजालले भने ।
उनले नेपालको संविधान र लोकतन्त्र ‘न्यारो करिडोर’मा पुगेको बताए । ‘नेपालको लोकतन्त्र सानो गल्लीमा अडेको छ। संविधान धरापमा छ। त्यसलाई जोगाउने कि गठबन्धनको मोहमा लतारिने ? निर्णय गर्नुपर्छ,’ रिजालले भने ।
रिजालले गठबन्धनमा अत्यधिक निर्भरता देखाउँदा कांग्रेसको मौलिक चरित्र हराउँदै गएको टिप्पणी गरे। ‘प्रचण्डसँग मिल्न पाए प्रचण्डसँग, ओलीसँग मिल्न पाए ओलीसँग यही हाम्रो हालको राजनीति हो। कांग्रेस कारोबारी धन्दामा परिणत भएको छ,’ उनले भने ।
रिजालले कार्यवाहक सभापतिले ‘म विशेष महाधिवेशनको प्रक्रियामा जान्नँ भन्न नपाउने बताउँदै त्यसको प्रक्रिया सुरु गर्नुपर्ने बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सरकारी विज्ञापन निजीलाई नदिने सरकारको निर्णय बदर गर्दै सर्वोच्चले भन्यो– मितव्ययिताको नाममा कानुन मिच्न पाइँदैन
-
एक वर्षमा ३० करोडभन्दा बढीको तस्करीका सामान बरामद
-
जापानमा ‘क्रूर गर्मी’ को चेतावनी
-
कांग्रेसको आत्मा र भावना हामीसँगै छ, असहमति राख्नेलाई सिध्याएर अघि बढ्न मिल्दैन: गच्छदार
-
श्रमिकका उजुरी एक घण्टाभित्रै सम्बोधन गर्न निर्देशन
-
कांग्रेसमा निरङ्कुशता र हुकुमीशैली छ : शेखर कोइराला
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण