परसपुर–गौघाट सडक स्तरोन्नतिले गति लिँदै
सारांश
- बाँके र बर्दिया जोड्ने परसपुर-गौघाट सडक स्तरोन्नतिले गति लिएको छ।
- सडक डिभिजनको दबाबपछि ७५ प्रतिशत काम सम्पन्न भएको छ, जसमा रिमझिम चोकसम्म कालोपत्रे भइसकेको छ।
- १४ किलोमिटर सडक कालोपत्रे गर्न १४ करोडमा सम्झौता भएको थियो, स्थानीयको दबाबपछि कामले तीव्रता पाएको छ।
बाँके । बाँके र बर्दियाका बासिन्दा आवतजावत गर्ने परसपुर–गौघाट सडक स्तरोन्नतिले गति लिएको छ ।
पटक–पटक काममा ढिलाइ भए पनि अहिले भने परसपुर–गौघाट सडक स्तरोन्नति धमाधम भइरहेको सडक डिभिजन नेपालगञ्जका सूचना अधिकारी इञ्जिनियर रामसागर हरिजनले जानकारी दिए । “पटक–पटक काममा ढिलासुस्ती हुँदै आएपछि सडक डिभिजन कार्यालयले निर्माण कम्पनीलाई निरन्तर दबाब दिएपछि कामले गति लिएको छ”, उनले भने, “अहिले निर्माण चालु छ, हालसम्म ७५ प्रतिशत काम सम्पन्न भइसकेको छ ।”
उनका अनुसार नेपालगञ्जको गणेशमान चोकदेखि रिमझिम चोकसम्म सडक कालोपत्रे भइसकेको छ । रिमझिम चोकदेखि गौघाटसम्मको भागमा कालोपत्रे भइरहेको छ । यो सडक मुख्यतः बाँके र बर्दिया जिल्लाका जनताले आवतजावत गर्दछन् ।
सङ्घीय सरकारको लगानीमा बन्न लागेको नेपालगञ्जको परसपुरदेखि गौघाटसम्म १४ किलोमिटर सडक कालोपत्रे गर्नको लागि करिब रु १४ करोडमा निर्माण कम्पनीसँग सम्झौता गरिएको थियो । नेपालगन्ज उपमहानगरपालिकासहित जानकी, खजुरा र बर्दिया बढैयाताल गाउँपालिकाका जनताले दैनिक प्रयोग गर्ने परसपुर–गौघाट सडकखण्ड निर्माण धमाधम खजुरा गाउँपालिकाका अगुवा भीम ओलीले बताए ।
उनका अनुसार, यसअघि खजुराका जनताले स्थानीय जनप्रतिनिधि र सडक डिभिजन कार्यालयमा गएर सडक निर्माण कार्यलाई छिटो सम्पन्न गर्नुपर्ने दबाब दिँदै आएका छन् । स्थानीयको निरन्तरको खबरदारी र दबाबपछि निर्माण कम्पनीले कामलाई तीव्रता दिएको हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सुन र चाँदीको मूल्य सामान्य घट्यो
-
जातीय विभेद र छुवाछुत अन्त्यका लागि कानुन संशोधन गरिनेछ : मन्त्री वादी
-
नयाँ एआई मोडेल सार्वजनिक हुनुअघि सरकारलाई पहुँच दिन ट्रम्पको कार्यकारी आदेश
-
जातीय भेदभाव र छुवाछुत उन्मूलनका लागि संसद् प्रतिबद्ध छ : सभामुख अर्याल
-
रोल्पामा जिप दुर्घटना हुँदा ३ जनाको मृत्यु
-
स्पेस एक्सको मूल्य १.७५ ट्रिलियन डलर पुगेको दाबी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण