अचानक बेहोस भए बलिउड अभिनेता गोविन्दा, अस्पतालमा भर्ना
सारांश
- बलिउड अभिनेता गोविन्दा मुम्बईको अस्पतालमा भर्ना भएका छन्, उनी मंगलबार राति बेहोस भएका थिए।
- गोविन्दालाई स्वास्थ्यमा सुधार नआएपछि क्रिटीकेयर अस्पतालमा लगिएको थियो र उनको स्वास्थ्य परीक्षण भइरहेको छ।
- गोविन्दा गत वर्ष घरमै पेस्तोलबाट गोली लागी घाइते भएका थिए र उनको स्वास्थ्य अवस्था अहिले स्थिर छ।
मुम्बई । बलिउड अभिनेता गोविन्दालाई मुम्बईस्थित एक अस्पतालमा उपचारका लागि भर्ना गरिएको छ । उनी मंगलबार राति अचानक बेहोस भएका थिए ।
गोविन्दाका सहयोगी तथा कानुनी सल्लाहकार ललित बिन्दलका अनुसार मंगलबार राति करिब साढे आठ बजे आफ्नै घरमा उनी बेहोस भएका थिए ।
सुरुमा चिकित्सकको सल्लाह अनुसार घरमै औषधि दिइए पनि स्वास्थ्यमा सुधार नआएपछि राति १ बजे गोविन्दालाई क्रिटीकेयर अस्पतालमा लगिएको हो ।
बिन्दलका अनुसार चिकित्सकले उनको स्वास्थ्य अवस्था स्थिर रहेको बताएका छन् । चिकित्सकले गोविन्दाको स्वास्थ्य परीक्षण गरिरहेको उनले जानकारी दिए ।
गोविन्दा गत वर्ष घरमै राखेको पेस्तोलबाट निस्किएको गोली लागेर घाइते भएका थिए । त्यतिवेला पनि उनलाई क्रिटीकेयर अस्पतालमै उपचारका लागि भर्ना गरिएको थियो ।
गोविन्दाको उपचारमा संलग्न चिकित्सक दीपक नामजोशीका अनुसार राति नै आवश्यक स्वास्थ्य परीक्षण गरिएको छ । केही परीक्षणको रिपोर्ट आउन बाँकी रहेको जानकारी दिँदै उनले तत्काल गोविन्दाको स्वास्थ्य अवस्था स्थिर रहेको बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बर्गर खाएको भिडियो सार्वजनिक भएपछि ककरोच जनता पार्टीका प्रवक्ता बर्खास्त
-
तारकेश्वरबाट चोरीका सुनचाँदीका गहनासहित दुई जना पक्राउ
-
सडकको ताजा अवस्था : कतै पूर्ण बन्द, कतै एकतर्फी सञ्चालन (सूचीसहित)
-
किन किनारा लगाइए अर्थमन्त्री वाग्ले ?
-
फुटबल अर्थतन्त्रः रेस्टुरेन्टको सट्टा फुड डेलिभरी चले, एआईले टिसर्ट व्यापार खस्कियो
-
सिर्सिया नदीमा दुर्गन्धित फोहर फ्याक्ने ६ उद्योगलाई जरिवाना
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण