अस्पतालबाट डिस्चार्ज भए गोविन्दा
सारांश
- बलिउड अभिनेता गोविन्दलाई स्वास्थ्यमा समस्या आएपछि अस्पताल भर्ना गरिएको थियो।
- अस्पतालबाट डिस्चार्ज भएपछि उनले थकानका कारण स्वास्थ्य बिग्रिएको बताए।
- गोविन्दाका अनुसार उनलाई बढी परिश्रमका कारण थकान भएको थियो।
नयाँ दिल्ली । बलिउड अभिनेता गोविन्द अस्पतालबाट डिस्चार्ज भएका छन् । गए राति स्वास्थ्य अवस्था अचानक बिग्रिएपछि उनलाई बिहान १ बजे जुहुको क्रिटिकल केयर अस्पतालमा भर्ना गरिएको थियो ।
बुधबार अस्पतालबाट डिस्चार्ज भएपछि गोविन्दाले मिडियासँग कुरा गरेका छन् । ‘के भएको थियो’ भनेर पत्रकारहरूले सोधेको प्रश्नमा उनले थकानलाई कारण बताएका थिए । गोविन्दाले भने– ‘बढी परिश्रमले थकान भएको थियो । योग र प्राणायाम राम्रो छ, भारी व्यायाम अलि गाह्रो छ । म कोसिस गरिरहेको छु कि पर्सनालिटी अरू राम्रो होस् । मलाई लाग्छ कि योग र प्राणायाम गर्नुहोस्, त्यही राम्रो छ ।’
अचानक बेहोस् भएपछि अभिनेतालाई अस्पताल लगिएको खबर आएका थिए । गोविन्दाका सहयोगी तथा कानुनी सल्लाहकार ललित बिन्दलका अनुसार मंगलबार राति आठ बजेतिर उनी आफ्नै घरमा बेहोस भएका थिए ।
सुरुमा चिकित्सकको सल्लाह अनुसार घरमै औषधि दिइएको भए पनि स्वास्थ्यमा सुधार नआएपछि राति १ बजे उनलाई अस्पताल लगिएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
चिलीमा शक्तिशाली आँधीका कारण १३ जनाको मृत्यु
-
पार्टी तोड्ने हैन, जोड्नेतर्फ लाग्नुपर्छः नेता आङ्देम्बे
-
तीन जिल्लामा आगलागी, सात लाख ४० हजार बराबरको क्षति
-
विशेष अदालतको ‘स्मार्ट कोर्ट’ बनाउने कार्यदिशा
-
सिक्किममा सुरुङ भत्किँदा १२ मजदुरको मृत्यु (अपडेट)
-
सुनचाँदी व्यवसायलाई प्रविधिमैत्री बनाउन महासंघद्वारा वेबसाइट र मोबाइल एप सार्वजनिक
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण