बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय
'वारपार'मा मधेस प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादव

'म संविधानको बाध्यात्मक मुख्यमन्त्री'

'म मुख्यमन्त्रीको लाइनमै थिइनँ'
बुधबार, २६ कात्तिक २०८२

काठमाडौं । कात्तिक २३ गते मधेस प्रदेशको मुख्यमन्त्रीमा सरोजकुमार यादव नियुक्त भए । तर उनको नियुक्ति विवादित बनेको छ । निवर्तमान मुख्यमन्त्री जितेन्द्रप्रसाद सोनलले विश्वासको मत पाउने अवस्था नभएपछि राजीनामा दिए । प्रदेशसभामा सबैभन्दा ठुलो दलको हैसियतमा नेकपा एमाले मधेस प्रदेश संसदीय दलका नेता यादवलाई प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारीले नियुक्त गरिन् । 

यादवको नियुक्ति पनि यति हतारमा भयो कि होटलमै शपथ गराइयो । एमाले बाहेकका दलले प्रदेश प्रमुख भण्डारीले संविधान मिचेर यादवलाई मुख्यमन्त्री बनाएको भन्दै विरोध जनाए । विरोधका क्रममा प्रदेश सरकारका कार्यालयमा तोडफोड समेत भयो । मुख्यमन्त्रीमा यादवको नियुक्तिविरुद्ध सर्वोच्च अदालतमा रिट समेत दायर भइसकेको छ । 
यिनै विषयमा केन्द्रित रहेर रातोपाटीको ‘वारपार’मा नवनियुक्त मुख्यमन्त्री यादवसँग कुराकानी गरिएको छ । 

भिडियो अन्तर्वार्ता

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया