जनार्दन, घनश्याम र विप्लवबिच भेटवार्ता, चुनावमा सँगै जाने
बुधबार, २६ कात्तिक २०८२, २० : ५१
काठमाडौँ । प्रगतिशील राष्ट्रिय अभियानका संयोजक जनार्दन शर्मा, नेता घनश्याम भुसाल र नेकपाका महासचिव नेत्रविक्रम चन्द विप्लवबिच भेटवार्ता भएको छ ।
बुधबार राजधानीमा उनीहरूबिच भेटवार्ता भएको हो । भेटवार्तामा उनीहरूबिच आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचन लगायत समसामयिक विषयमा छलफल भएको छ ।
आगामी चुनावमा आफूहरू सँगसँगै भाग लिने नेता भुसालले बताए । भेटघाटलाई निरन्तरता दिँदै जाने सहमति भएको उनले बताए ।
माओवादी केन्द्रले नेकपा एकीकृत समाजवादीसहित १० दलसँग पार्टी एकता गरेपछि शर्माले प्रगतिशील राष्ट्रिय अभियान निर्माण गरेका हुन् ।
यता भुसालले समेत उक्त एकताप्रति असन्तुष्टि जनाउँदै भुसाल पक्षीय नेताहरूले नेकपा (बामपन्थी केन्द्र) दर्ताका लागि निर्वाचन आयोगमा निवेदन पेस गरेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
संविधान संशोधन सुझाव कार्यदल : एमालेले तथ्य र औचित्यका आधारमा प्रस्ताव तयार गर्ने
-
कांग्रेसले मुख्यमन्त्री कँडेलविरूद्ध अविश्वास प्रस्तावको पक्षमा मतदान गर्ने
-
साउन २९ गते कांग्रेस संस्थापन इतरपक्षले बोलायो राष्ट्रिय भेला
-
बंगलादेशमा दादुराबाट थप ६ जनाको मृत्यु
-
एनआरएनए पूर्वअध्यक्ष शर्माद्वारा भूमि प्रशासन कार्यालय चितवनको शौचालय पुनर्निर्माण गरेर हस्तान्तरण
-
एमालेका मन्त्रीहरूको राजीनामापछि अल्पमतमा बागमती सरकार
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण