बुधबार, ०६ साउन २०८३
ताजा लोकप्रिय

भाइरल भयो एआईको सहायतामा बनाइएको गीत

बिहीबार, २७ कात्तिक २०८२, ०० : ०६
बिहीबार, २७ कात्तिक २०८२

सारांश

  • पछिल्लो समय टिकटक, फेसबुक र युट्युबमा 'पहिलो हाँसो पहिलो बोल' गीत चर्चामा छ।
  • गीत एआईको सहायताले तयार पारिएको र सिन्धुपाल्चोकका आदित्य श्रेष्ठले एआईको प्रयोग स्वीकारे।
  • जीबी चिरन युट्युब च्यानलले गीतको 'Inspired Version' बनाएको छ, जसले मूल गीतबाट प्रेरणा लिएको बताएको छ।

काठमाडौँ ।  पछिल्ला दिनमा टिकटक, फेसबुकको रिल्स र युट्युबलगायतमा ‘पहिलो हाँसो पहिलो बाेल’ गीत चर्चामा छ।

तर उक्त गीत एआईको सहारामा तयार पारिएको पाइएको छ । सुरुमा यसको लेखक तथा गायक आफू भएको सिन्धुपाल्चोकका आदित्य श्रेष्ठले दाबी गरेका थिए । हाल आएर उनैले आफूले एआईको सहारामा गीत तयार गरेको स्विकारिसकेका छन् । 

अहिले यो गीत युट्युब च्यानलहरुमा फरक फरक भिडियोसहितसमेत देख्न सकिन्छ । 

यही क्रममा जीबी चिरन नामक युट्युब च्यानलमा समेत सोही गीतलाई भिडियोसहित 'Inspired Version' राखिएको छ । उक्त युटयुब च्यानलको बायोमै भनिएको छ, 'अहिले टिकटकमा निकै चर्चित एउटा एआई गीतले हाम्रो मन गहिरो रूपमा छोयो। त्यस गीतको धुन, भाव र माहोलले हामीलाई साँचो प्रेरणा दियो। त्यसकै प्रभावमा हामीले हाम्रो आफ्नै “Inspired Version” सिर्जना गरेका छौं ।'

जसमा अगाडि भनिएको छ, 'हामीले मूल गीतको केवल सानो अंशबाट मात्र प्रेरणा लिएका हौं र त्यसका गीतकार, प्रति पूर्ण सम्मान व्यक्त गर्दछौं ।'

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप