जसपा नेपालले थप्यो पाँच जना केन्द्रीय सदस्य
बिहीबार, २७ कात्तिक २०८२, ०७ : ३५
सारांश
- जनता समाजवादी पार्टी नेपालले पाँच जना केन्द्रीय सदस्य थपेको छ।
- पार्टी प्रवेश गरेका नेताहरूलाई केन्द्रीय सदस्यमा मनोनीत गरिएको हो।
- पार्टीले सल्लाहकार समितिका अध्यक्ष र सदस्यहरू पनि मनोनीत गरेको छ।
काठमाडौँ । जनता समाजवादी पार्टी नेपालले पाँच जना केन्द्रीय सदस्य थपेको छ । पार्टी प्रवेश गरेका नेताहरूलाई केन्द्रीय सदस्यमा मनोनीत गरिएको हो ।
पार्टीले जारी गरेको परिपत्रअनुसार सिराहाका सत्यनारायण यादव, बाँकेका पदम अर्याल, बाँकेकै रेखा गुप्ता, रुपन्देहीकी विद्या यादव र धनुषाका विमल साह केन्द्रीय सदस्य मनोनीत भएका हुन्।
पार्टीले सल्लाहकार समितिका अध्यक्ष पनि मनोनीत गरेको छ। सल्लाहकार समिति अध्यक्षमा प्राडा रामस्वारथ यादव मनोनीत भएका छन्।
खड्गनारायण चौधरी, विष्णु कुमाल, अजयकुमार श्रीवास्तव, शशी यादव, जीतेन्द्रप्रकाश महतो र मनोज साहलाई केन्द्रीय सल्लाहकार परिषद् सदस्य मनोनीत गर्ने निर्णय गरिएको पनि परिपत्रमा उल्लेख गरिएको छ।
गत कार्तिक १९ र २० गते बसेको पार्टीको केन्द्रीय समिति बैठकको निर्णयमा आधारित रहेर परिपत्र जारी गरिएको हो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जोर्डनमा इरानी आक्रमणमा मारिएका दुई अमेरिकी सैनिकको परिचय सार्वजनिक
-
यूरिक एसिडको समस्या भएकाले खानै हुन्न यी खानेकुरा
-
अमेरिका–इरान युद्ध चर्किँदै गर्दा पेन्टागनमाथि पारदर्शिता अभावको आरोप
-
जानकी मन्दिरमा हर्क साम्पाङको स्वागतमा बसेका कार्यकर्ता लखेटिए
-
पाकिस्तानमा मनसुनी वर्षाका कारण ९ जनाको मृत्यु
-
विभिन्न देशद्वारा सामाजिक सञ्जालमा उमेरको सीमा कडा बनाउने नीति अख्तियार
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण