ट्रम्पद्वारा विधेयकमा हस्ताक्षर, अमेरिकी इतिहासकै सबैभन्दा लामो ‘सटडाउन’ अन्त्य
सारांश
- अमेरिकी राष्ट्रपति ट्रम्पले सरकारी सटडाउन अन्त्य गर्न खर्चसम्बन्धी विधेयकमा हस्ताक्षर गरे।
- ट्रम्पले डेमोक्रेटहरूलाई लामो समयसम्म सरकारी सटडाउन सिर्जना गरेको आरोप लगाए र सस्तो जीवनयापनको प्रतिबद्धता जनाए।
- विधेयकमा संघीय कर्मचारीहरूको पुनर्बहाली र स्वास्थ्य बीमालाई सस्तो बनाउने कर छुटको विषय समावेश छ।
वासिङ्टन । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले खर्चसम्बन्धी विधेयकमा हस्ताक्षर गर्दै सरकारी सटडाउन अन्त्य गरेका छन्। उनले सन् २०२४ को आफ्नो पुनर्निर्वाचन अभियानको प्रमुख एजेन्डा रहेको सस्तो जीवनयापनको प्रतिबद्धता पनि दोहोर्याएका छन्।
यो सटडाउन ट्रम्पको पहिलो कार्यकालको भन्दा पनि लामो थियो । उनले डेमोक्रेटहरूलाई ‘अमेरिकी इतिहासमा सबैभन्दा लामो सरकारी सटडाउन सिर्जना गरेको’ भन्दै आलोचना गरे।
ट्रम्पले भने- ‘मेरो हस्ताक्षरसँगै अब सङ्घीय सरकारले सामान्य काम पुनः सुरु गर्नेछ, र मेरो प्रशासन तथा कङ्ग्रेसका हाम्रा साझेदारहरूले जीवनयापनको लागत घटाउन, सार्वजनिक सुरक्षा पुनर्स्थापित गर्न, हाम्रो अर्थतन्त्रको विकास गर्न र अमेरिकालाई सबै अमेरिकीका लागि फेरि सस्तो बनाउन आफ्नो काम जारी राख्नेछन्।’
एसोसिएटेड प्रेसका अनुसार प्रतिनिधिसभाबाट पारित भएको उक्त विधेयकमा सटडाउन सुरु भएदेखि ट्रम्प प्रशासनले बर्खास्त गरेका सङ्घीय कर्मचारीहरूलाई पुनर्बहाली गर्ने प्रावधान समावेश छ। यसले जनवरीसम्म थप बर्खास्तीबाट सङ्घीय कर्मचारीहरूलाई बचाउँछ र सटडाउन समाप्त भएपछि उनीहरूले भुक्तानी पाउने ग्यारेन्टी पनि गर्दछ।
यस प्याकेजमा सांसदहरूको सुरक्षाका लागि २० करोड ३५ लाख डलर र सर्वोच्च अदालतका न्यायाधीशहरूको सुरक्षाका लागि थप २ करोड ८० लाख डलर समावेश छन्। यस विधेयकको सबैभन्दा ठुलो विवादको विषय अफोर्डेबल केयर एक्ट (एसीए) मार्फत स्वास्थ्य बीमालाई सस्तो बनाउने म्याद सकिन लागेको परिष्कृत कर छुटको भविष्य थियो। यो कर छुट नभएमा लाखौँ अमेरिकीहरूको बीमा शुल्क औसतमा दोब्बरभन्दा बढी हुने अनुमान छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जलस्रोत र ऊर्जा विधेयकमा प्रदेश र स्थानीय तहले खाजे स्रोतमाथिको स्वामित्व
-
नेपाल एयरलाइन्सका कार्यकारी अध्यक्षविरूद्ध दायर रिटमा कारण देखाऊ आदेश
-
बर्गर खाएको भिडियो सार्वजनिक भएपछि ककरोच जनता पार्टीका प्रवक्ता बर्खास्त
-
तारकेश्वरबाट चोरीका सुनचाँदीका गहनासहित दुई जना पक्राउ
-
सडकको ताजा अवस्था : कतै पूर्ण बन्द, कतै एकतर्फी सञ्चालन (सूचीसहित)
-
किन किनारा लगाइए अर्थमन्त्री वाग्ले ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण