अवकाशलगत्तै खापुङमाथि जाँचबुझ आयोगको एक्सन, अनुमतिविना उपत्यका छाड्न नपाउने
सारांश
- चन्द्रकुबेर खापुङ नेपाल प्रहरीको महानिरीक्षकबाट अवकाश पाएलगत्तै विदेश भ्रमणमा रोक लगाइएको छ।
- गौरीबहादुर कार्की नेतृत्वको जाँचबुझ आयोगले उनलाई काठमाडौँ उपत्यका छाड्न पनि रोक लगाएको छ।
- आयोगले खापुङलाई भाद्र २३ र २४ गतेका घटनाहरूको छानबिनको लागि उपस्थित हुन निर्देशन दिएको छ।
काठमाडौँ। नेपाल प्रहरीको महानिरीक्षकबाट अवकाश पाएलगत्तै चन्द्रकुबेर खापुङमाथि सेवाबाट अवकाश पाएकै दिन गौरीबहादुर कार्की नेतृत्वको जाँचबुझ आयोगले कडा कदम चालेको छ।
कार्की नेतृत्वको 'भाद्र २३ र २४ को घटना सम्बन्धी जाँचबुझ आयोग'को बिहीबार बसेको बैठकबाट खापुङलाई विदेश भ्रमणमा रोक लगाउने तथा आयोगको स्वीकृति बिना काठमाडौँ उपत्यका नछाड्ने व्यवस्था गर्न सम्बन्धित निकायलाई पत्राचार गर्ने निर्णय गरेको हो।
आयोगका सदस्य एवं प्रवक्ता विज्ञान राज शर्माद्वारा जारी गरिएको प्रेस विज्ञप्ति यस्तो निर्णयबारे जानकारी गराइएको छ । निर्णयमा भनिएको छ, ‘आजदेखि सेवाबाट निवृत्त हुनु भएका नेपाल प्रहरीका महानिरीक्षक श्री चन्द्रकुबेर खापुङलाई भाद्र २३ र २४ गतेका घटनाहरूको छानबिन तथा जाँचबुझको लागि कुनैपनि समयमा यस आयोगमा उपस्थित हुनु पर्ने हुँदा आजै देखि लागु हुने गरी निजको विदेश भ्रमणमा रोक लगाउने तथा आयोगको स्वीकृति बेगर काठमाडौँ उपत्यका छाड्न नपाउने व्यवस्था गर्न गराउनका लागि सम्बन्धित निकायमा पत्राचार गर्ने ।’
खापुङलाई आयोगको यो निर्णयबारे जानकारी गराइने पनि विज्ञप्तिमा उल्लेख छ। खापुङमाथि भाद्र २३ र २४ गते भएका घटनाहरूसँग सम्बन्धित छानबिन र जाँचबुझका लागि आयोगले आवश्यक देखेकाले उनीमाथि निगरानी राखिएको आयोगले जनाएको छ ।
खापुङमाथि महानिरीक्षक हुँदा घटनामा संलग्न प्रहरी अधिकारीको विवरण दिन अस्वीकार गरेको आरोप आयोगले लगाउँदै आएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मदिराले मातेपछि विवाद, ढुङ्गा प्रहार गर्दा एक जनाको मृत्यु
-
‘बाध्यकारी श्रम’को आरोपमा बेलायत र क्यानडासहित ६० व्यापार साझेदारमाथि भन्सार शुल्क लगाउने ट्रम्पको चेतावनी
-
‘घरदैलोको अदालत’ले विश्वास जित्दै, दलित समुदायको पहुँच भने कमजोर
-
ट्राफिक कारबाहीमा एकैदिन २२ लाख ७६ हजार राजस्व सङ्कलन
-
सोच्ने कामको जिम्मा एआईलाई दिनु हुँदैन
-
यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण