राष्ट्रिय परिचयपत्र बनाएकाहरुले मतदाता नामावली सङ्कलन गर्न अनलाइन फारम मात्रै भरे पुग्छ : रामप्रसाद भण्डारी
सारांश
- निर्वाचन आयोगले अनलाइन मतदाता नामावली सङ्कलनलाई सहज बनाउन राष्ट्रिय परिचयपत्रबाट बायोमेट्रिक लिने निर्णय गरेको छ।
- कार्यवाहक प्रमुख निर्वाचन आयुक्तका अनुसार, विदेशमा रहेका नेपाली नागरिकले पनि अनलाइनबाट फारम भर्न सक्नेछन्।
- आयोगले जेनजीका मागहरू सम्बोधन गर्ने र मतदाता नामावली दर्ता प्रक्रियालाई सरल बनाउने जनाएको छ।
काठमाडौँ । कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले अनलाइन मतदाता नामावली सङ्कलन गर्नेहरूको राष्ट्रिय परिचयपत्रबाट बायोमेट्रिक लिएर नामावली सङ्कलनका लागि थप सहज बनाइने बताएका छन् । बिहीबार जेनजी प्रतिनिधिहरूसँगको छलफलका क्रममा उनले मतदाता नामावली सङ्कलनलाई थप सहज बनाउन आयोगले यस्तो निर्णय गरेको जानकारी दिएका हुन् ।
उनले अहिले धेरै नागरिकहरूले राष्ट्रिय परिचयपत्र बनाइसकेकाले थप सहज हुने विश्वास लिएको बताए । राष्ट्रिय परिचयपत्र बनाइसकेका नागरिकहरू भए अब अनलाइनबाट मतदाता नामावली सङ्कलन गर्नेहरूको बायोमेट्रिक राष्ट्रिय परिचयपत्रबाटै लिइने उनले बताए । यसले जेनजीका मागहरू सम्बोधन गर्ने आयोगको विश्वास रहेको भण्डारीले बताए । अध्ययन वा कामका लागि विदेशमा रहेका नेपाली नागरिकले पनि अनलाइन फारम भर्न सक्ने उनले बताए ।
उनले भने- ‘अहिले हाम्रो राष्ट्रिय परिचयपत्रको भण्डारमा जम्मा भएको बायोमेट्रिक तपाईंहरुले अनलाइनमा भर्नुभएको निवेदनमा ल्याएर जोड्ने र छानबिन गरेर नामावली प्रकाशन गर्ने भन्ने निर्णय गरेका छौँ । त्यसले तपाईंहरुका सबै मागलाई सम्बोधन गर्दछ । अध्ययनको कामका लागि विदेशमा रहेका नेपाली नागरिकका लागि मतदाता नामावली दर्ता गराउन नेपालका कूटनीतिक नियोग र अन्य संयन्त्र प्रयोग गर्ने भन्नुभएको छ । उहाँहरूले पनि अनलाइनमार्फत भर्न सक्नुहुन्छ । उहाँहरूले अनलाइनमा फारम भर्नुभयो भने नेशनल आइडी कार्डमा भएको बायोमेट्रिक ल्याएर दाँज्छौँ ।’
उनले एक महिनासम्म मतदाता नामावलीमा नाम दर्ता गर्न कसैले चासो नदेखाएको भए पनि पछिल्लो समय धेरै चाप रहेको बताए । –न्युज एजेन्सी नेपाल
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रथम मेयर कप फुटबल प्रतियोगिताको उपाधि सुर्खेतलाई
-
विदेश पठाउने नाममा २९ लाख ठगी गर्ने दुई जना पक्राउ
-
सचिव पुष्कर नियन्त्रण प्रकरण: प्रहरीले थमाएको थियो जरुरी पक्राउ पुर्जी
-
सशस्त्रका ७ डिआइजीको सरुवा, ७ जनाको पदस्थापन
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
दिल्लीको उच्चस्तरीय भेटघाट सकेर लखनउ पुगे रवि लामिछाने, विमानस्थलमा उत्तर प्रदेशका उपमुख्यमन्त्रीले गरे स्वागत
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण