अपडेट
राष्ट्रिय परिचयपत्र हुनेले यसरी गर्न सक्छन् मतदाता नामावलीमा नाम दर्ता
बिहीबार, २७ कात्तिक २०८२, १४ : २१
१
सारांश
- निर्वाचन आयोगले कात्तिक ३० गतेसम्म मतदाता नामावली सङ्कलन गर्ने समय तोकेको छ, जसले गर्दा परिचय पत्र बनाउनेको भीड बढेको छ।
- राष्ट्रिय परिचय पत्र भएका नागरिकले अब अनलाइनबाटै मतदाता नामावलीमा नाम दर्ता गर्न सक्नेछन्।
- आयोगका अनुसार, राष्ट्रिय परिचय पत्र मतदाता नामावलीमा जोडिएको छ र बायोमेट्रिकका लागि कार्यालय धाउनु पर्दैन।
काठमाडौँ । निर्वाचन आयोगले कात्तिक ३० गतेसम्म मात्रै मतदाता नामावली सङ्कलन गर्ने समय सीमा तोकेपछि निर्वाचन कार्यालयमा मतदाता परिचय पत्र बनाउनेको भीड लाग्न थालेको छ ।
तर मतदाता नामावलीमा नाम दर्ता गर्न अब राष्ट्रिय परिचयपत्र भएमा नागरिक निर्वाचन आयोग जान नपर्ने भएको छ । राष्ट्रिय परिचयपत्र नम्बर भएका नागरिकले अनलाइनबाट नै मतदाता नामावलीमा नाम दर्ता गर्न मिल्ने निर्वाचन आयोगले जनाएको छ ।
कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीका अनुसार राष्ट्रिय परिचय पत्र औपचारिक रूपमा नै मतदाता नामावलीमा जोडिएको छ ।
यसअघि नाम, ठेगाना, जन्ममिति, पारिवारिक विवरण, नागरिकता प्रमाणपत्र आदि विवरण भरेर बायोमेट्रिक दिन सम्बन्धित निर्वाचन कार्यालय धाउन नपर्ने बध्यमता थियो । अब भने राष्ट्रिय परिचयपत्र हुनेहरूले सबै काम अनलाइनबाटै गर्न सक्नेछन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
१ प्रतिक्रिया
भर्खरै
-
कीर्तिपुरमा कारभित्र जलेका पुरुषको शव पोस्टमार्टमका लागि पठाइयो शिक्षण अस्पताल
-
एक वर्षमा तीन लाख ८१ हजार जनाले भरतपुर आँखा अस्पतालबाट लिए सेवा
-
नीति अनुसन्धान प्रतिष्ठान र मध्यपश्चिम विश्वविद्यालयबिच सहकार्य
-
माडीगज नियन्त्रणमा
-
सुदूरपश्चिममा दुध उत्पादनमा आत्मनिर्भरता, तर औपचारिक बजार व्यवस्थापन भने अझै कमजोर
-
जबरजस्ती करणी अभियोगमा दिल्ली क्यापिटल्सका पोरेललाई पक्राउ गर्न आदेश
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण