शुक्रबार, २२ जेठ २०८३
ताजा लोकप्रिय

निर्वाचनअघि महाधिवेशन गर्ने निर्णय गरिए ‘नोट अफ डिसेन्ट’ लेख्छौँ : सहमहामन्त्री राठौर

बिहीबार, २७ कात्तिक २०८२, १४ : ३०
बिहीबार, २७ कात्तिक २०८२

काठमाडौँ । नेपाली कांग्रेसका सहमहामन्त्री किशोरसिंह राठौरले निर्वाचनअघि महाधिवेशन गर्ने निर्णय केन्द्रीय कार्यसमितिबाट गरिए ‘नोट अफ डिसेन्ट’ लेख्ने चेतावनी दिएका छन् ।

पार्टी केन्द्रीय कार्यालय सानेपामा जारी कांग्रेस केन्द्रीय कार्यसमिति बैठकमा बिहीबार धारणा राख्दै सहमहामन्त्री राठौरले निर्वाचनअघि कुनै पनि हालतमा महाधिवेशन हुन नसक्ने बताए ।

‘कांग्रेस जसरी भए पनि निर्वाचनमा जानुपर्छ,’ राठौरले भने, ‘निर्वाचनअघि महाधिवेशन गर्ने निर्णय बैठकबाट भयो भने नोट अफ डिसेन्ट लेख्छु ।’

देश गृहयुद्धमा जान लागेको भन्दै कांग्रेस जसरी पनि चुनावमा जानुपर्ने उनको भनाइ थियो । राठौरले सभापति शेरबहादुर देउवालाई लगत भन्ने भाष्य बनाएको भन्दै महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माप्रति आपत्ति जनाए ।

‘गगन, विश्वजीहरू बढी पपुलर कुरा गर्नुहुन्छ, हामी त्यो गर्दैनौँ । पार्टीको एकता गर्ने मान्छे शेरबहादुर देउवा गलत, तपाईँहरू मात्र ठिक ?,’ राठौरले भने ।

उनले कांग्रेसमा सभापति मात्रै नभई सबै पदाधिकारी गलत भएको राठौरले बताए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप