विदेशका नेपालीले मत दिने व्यवस्था सम्भव तुल्याउँछौ भनेर लागिरहेका छौँ : गृहमन्त्री अर्याल
सारांश
- गृहमन्त्री ओमप्रकाश अर्यालले विदेशमा रहेका नेपाली नागरिकले भोट दिन पाउने कानुनको मस्यौदा गरिसकेको बताएका छन्।
- उनले कानुनको मस्यौदा निर्वाचन आयोगमा पठाएको र सुझाव समेटेर कानुन मन्त्रालयमा पठाएको जानकारी दिए।
- मन्त्री अर्यालले विदेशमा रहेका नेपालीले मतदान गर्न पाउनुपर्ने माग सम्बोधन गर्न प्रयास गरिरहेको बताए।
काठमाडौँ । गृहमन्त्री ओमप्रकाश अर्यालले विदेशमा रहेका नेपाली नागरिकले भोट दिन पाउने कानुनको मस्यौदा गरिसकेको बताएका छन् । बिहीबार सङ्घीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिमा भएको छलफलमा गृहमन्त्री अर्यालले विदेशमा रहेका नेपालीहरूले मत हाल्न पाउने गरी कानुनको मस्यौदा गरे पनि अहिले नै निश्चित भने भैनसकेको बताएका हुन् ।
‘कानुनको मस्यौदा गरेर निर्वाचन आयोग पठायौँ, त्यहाँबाट आएको सुझाव समेटेर कानुन मन्त्रालयमा पठाएका छौँ । कानुन मन्त्रालयले आफ्ना सुझाव पनि समेटेर गृह मन्त्रालयमा पठाउँछ ।’
मन्त्री अर्यालले यसबारे विभिन्न स्टेक होल्डरहरुसँग छलफल गर्नुपर्ने आवश्यकता देखिए र समय रहे त्यस्तो छलफल पनि गरिने जानकारी गराए । मन्त्री अर्यालले विदेशमा रहेका नेपालीले मतदान गर्न पाउनुपर्ने माग सम्बोधन गर्न हर सम्भव प्रयास गरिरहेको बताए ।
‘२ वटा माग छ । आउट अफ कन्ट्री र आउट अफ कन्स्टिच्युसी’, उनले भने– ‘हामीले यसलाई सम्भव तुल्याउँछौ भनेर लागिरहेका छौ अहिले सम्म ।’
उनले प्राविधिक विषयमा विज्ञले भनेको कुरा मान्नुपर्ने बाध्यता रहेको भन्दै उचित समयमा निष्कर्ष दिने बताए । आन्दोलनमा घुसपैठ वा अरू स्वार्थबारे सांसदहरूले राखेको प्रश्नमा यसबारे आयोगले नै जवाफ दिनुपर्ने बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
शाहिदीद्वारा अफगानिस्तानको एकदिवसीय टोलीको कप्तानीबाट राजीनामा
-
कीर्तिपुर घटना : सुरेशचन्द्र श्रेष्ठले आत्मदाह गरेको अनुसन्धान निष्कर्ष
-
विपक्षीले राष्ट्रियसभामा दर्ता गराए जरुरी सार्वजनिक महत्वको प्रस्ताव
-
मापसे काण्डमा वार्नरले स्वीकारे गल्ती, कप्तान पद सङ्कटमा
-
क्ल्याक्टन उपनिर्वाचन: आरोप, राजीनामा र पुनः जनादेश ?
-
गाडीमा ब्रेक नहुनेले सरकार चलाउने, दौडमा ब्रेक नहुनेले प्रतिपक्ष चलाउने : गगन थापा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण