आवामी लिगले गर्यो देशव्यापी लकडाउन आह्वान, हाई अलर्टमा ढाका
काठमाडौँ । बङ्गलादेशको विशेष अदालत ‘अन्तर्राष्ट्रिय अपराध न्यायाधिकरण’ले नोभेम्बर १७ मा पूर्व प्रधानमन्त्री शेख हसिना विरुद्धको फैसला सुनाउने भएको छ ।
सम्भावित फैसलाकै कारण अहिले बङ्गलादेश तनावग्रस्त छ । शेख हसिनाको पार्टी, अवामी लिगले बिहीबार बन्दको घोषणा गर्यो ।
अवामी लिग बन्दका कारण राजधानी ढाकामा सुरक्षा कडा पारिएको छ र लकडाउन जस्तो अवस्था लागू गरिएको छ । बङ्गलादेश हाई अलर्टमा छ । फौजदारी न्यायाधिकरणले निर्धारित समयमै आफ्नो फैसला सुनाउने अभियोजन टोलीका एक सदस्यले बताएका छन् ।
अवामी लिगको बन्द र शेख हसिना विरुद्धको फैसलालाई ध्यानमा राख्दै सरकारले ढाकामा सेना, सीमा रक्षक बङ्गलादेश र दङ्गा विरोधी प्रहरी कर्मचारीहरू तैनाथ गरेको छ । ढाकाका सडकहरू खाली देखिएका छन्, सडकमा सीमित बस मात्रै छन् ।
धेरै निजी संस्था र विश्वविद्यालयहरूले अनलाइन कक्षाहरू सञ्चालन गर्ने निर्णय गरेका छन् । अज्ञात व्यक्तिहरूले ढाका, मुन्सीगञ्ज, सेन्ट्रल टाङ्गेल र दक्षिणपश्चिमी गोपालगञ्जमा पाँच वटा खाली बसहरूमा आगजनी गरेको मिडिया रिपोर्टहरूले दाबी गरेका छन् ।
शेख हसिना विरुद्धको मानवता विरुद्धको अपराधको मुद्दाको फैसला नोभेम्बर १७ मा घोषणा गरिनेछ । अभियोजन पक्षले हसिनालाई मृत्युदण्डको माग गरेको छ ।
हसिनासँगै पूर्व गृहमन्त्री असदुज्जमान खान र पूर्व प्रहरी प्रमुख अब्दुल्लाह अल मनुन पनि यस मुद्दामा अभियुक्त छन् । उनीहरूमाथि गत वर्ष विद्यार्थी आन्दोलनलाई दबाउन खोजेको आरोप छ । यो विद्यार्थी आन्दोलनले शेख हसिनालाई प्रधानमन्त्री पदबाट राजीनामा दिन र बङ्गलादेश छोडेर भारत जान बाध्य पारेको थियो ।
तर हसिनाले भने आफूमाथि लगाइएका आरोपहरू मनगढन्ते भएको र आफू विरुद्धको सम्पूर्ण मुद्दा राजनीतिक षड्यन्त्र भएको बताएकी छिन् ।
आफ्नो मुद्दाको सुनुवाइ गर्ने न्यायाधिकरण निष्पक्ष नभएको आरोप पनि उनले लगाएकी छिन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जेफ्री एप्स्टिनलाई किशोरी उपलब्ध गराउने अर्का फ्रान्सेली ‘मतियार’ मृत फेला
-
विवादितलाई काखी च्याप्ने ‘मोदी–प्रवृत्ति’ कै कारण शिक्षामन्त्री धर्मेन्द्र प्रधान अझै कुर्सीमै छन्
-
इरानलाई ट्रम्पको चेतावनी : होर्मुजमा हमला भए तेहरानका पुल र पावर प्लान्टमा बमबारी गर्ने
-
वन तथा वातावरण मन्त्रालयको ८२ प्रतिशत प्रगति
-
१० बजे १० समाचार : विभाजनको बाटोमा कांग्रेस, सहकार्यको प्रयासमा ओली-प्रचण्ड
-
हर्मुज तनावसँगै तेल बजार प्रभावित
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण