एनपीएलको टिकट बिक्री खुला, सबै खेल हेर्न १५ हजार
सारांश
- नेपाल क्रिकेट संघले एनपीएलको दोस्रो संस्करणका लागि टिकट बिक्री खुला गरेको छ।
- प्रतियोगिता मंसिर १ देखि २७ गतेसम्म कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा हुनेछ।
- दर्शकले 'खल्ती बाइ आईएमई' मार्फत टिकट खरिद गर्न सक्नेछन् र टिकट मूल्य सार्वजनिक गरिएको छ।
काठमाडौँ । नेपाल क्रिकेट सङ्घ (क्यान) ले आयोजना गर्न लागेको सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपीएल) को दोस्रो संस्करणका लागि टिकट बिक्री खुला गरिएको छ ।
प्रतियोगिता २०८२ साल मंसिर १ गतेदेखि २७ गतेसम्म त्रिभुवन विश्वविद्यालय क्रिकेट मैदान, कीर्तिपुरमा हुँदै छ ।
प्रतियोगिताको पहिलो ६ दिनका खेलहरूका लागि टिकट बिक्री खुला गरिएको जानकारी गराउँदै क्यानले टिकटको मूल्य पनि सार्वजनिक गरेको छ ।
दर्शकहरूले ’खल्ती बाइ आईएमई’ मार्फत आफ्ना टिकट सुरक्षित गर्न सक्नेछन् ।
टिकटको मूल्य विवरण निम्नानुसार रहेको छः
ओपनिङ डे तथा शनिबारका खेलहरू
जनरल टिकटः रु. ५००
प्रिमियम टिकटः रु. १५००
साप्ताहिक दिनका खेलहरू
जनरल टिकटः रु. ५००
प्रिमियम टिकटः रु. १०००
प्ले अफ्स तथा फाइनल
जनरल टिकटः रु. १०००
प्रिमियम टिकटः रु. २०००
क्यानले यस प्रतियोगिताका लागि सिजन पासको व्यवस्था पनि गरेको छ, जसको मूल्य रु. १५,००० तोकिएको छ ।
यो सिजन पासमार्फत दर्शकहरूले प्रतियोगिताका सबै खेलहरू हेर्न पाउनेछन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कांग्रेसको ग्रीन रन प्रतियोगितामा मुकेश पाल प्रथम
-
मधेस प्रदेश सरकारद्वारा सिरहा र सप्तरीका एक हजार २०१ परिवारलाई आवास निर्माण
-
सलिना मृत्यु प्रकरण : ४ जनाविरुद्ध ज्यान सम्बन्धी कसुरमा अनुसन्धान
-
माइतीघर डुबानपछि कारणसहितको प्रतिवेदन पेस गर्न महानगरको निर्देशन
-
काठमाडौँ महानगरपालिकाको आन्तरिक आय उत्साहजनक
-
संरचना हटाउन बिर्तामोड नगरपालिकाको पुनः ताकेता
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण