कुलमानलाई लक्षित गर्दै एमाले महासचिवको प्रश्न– अविलम्ब मन्त्री पदबाट बिदा हुनुपर्ने होइन र ?
शुक्रबार, २८ कात्तिक २०८२, ०९ : १९
सारांश
- एमाले महासचिव शंकर पोखरेलले कुलमान घिसिङलाई लक्षित गर्दै सरकारमा बस्नु उचित नहुने बताए।
- उनले सामाजिक सञ्जालमा प्रधानमन्त्रीको प्रतिबद्धतासँग नमिल्ने भन्दै मन्त्री पदबाट हटाउनुपर्ने प्रश्न उठाए।
- पोखरेलले पार्टी गठन गरिसकेका व्यक्ति मन्त्री पदमा रहनु नैतिक नहुने तर्क गरे।
काठमाडौँ । नेकपा एमालेका महासचिव शंकर पोखरेलले ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री कुलमान घिसिङलाई लक्षित गर्दै सरकारमा बस्नु उचित नहुने बताएका छन् ।
सामाजिक सञ्जालमार्फत प्रश्न सोधेका छन्– 'प्रधानमन्त्री सुशीला कार्कीले चुनावका लागि गैरदलीय सरकार बनाएको दाबी गर्ने तर स्वयंको पहलमा पार्टी गठन गरी चुनावमा सहभागी हुने घोषणा गरिसकेको व्यक्तिलाई मन्त्री पदमा राखिराख्नु उचित हुन्छ ? '
पार्टी गठन गरेको व्यक्ति मन्त्री पदमा बसिरहनु नैतिक दृष्टिले उपयुक्त नहुने उनको भनाइ छ । उनले थप भनेका छन्– 'प्रधानमन्त्रीको प्रतिवद्धतासंग मेल खाँदैन भने, अविलम्ब मन्त्री पदबाट बिदा गर्नुपर्ने होइन र ?'
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पूर्वराजालाई भेट्न नपाएको भन्दै शितलनिवास अगाडि आत्मदाह प्रयास
-
लैङ्गिक हिंसा र लैङ्गिक समानता विषयक प्रदेशस्तरीय सम्मेलन
-
केन्द्रमा एमाले–नेकपा मिल्ने चर्चाले मुख्यमन्त्री प्रस्ताव गरिसकेको कांग्रेसलाई तनाव !
-
निजी विद्यालय सञ्चालकलाई सिंहदरबार बोलाएर शिक्षामन्त्रीले के-के भने ?
-
भारतीय प्रधानमन्त्री मोदीको राजीनामा मागियाे
-
भारतमा सीजेपी आन्दोलनको राप (भिडियो)
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण