शुक्रबार, २२ जेठ २०८३
ताजा लोकप्रिय
मधेस प्रदेश

उपसभामुख राउतले सुरक्षा कारण देखाउँदै छाडिन् सरकारी आवास

शुक्रबार, २८ कात्तिक २०८२, ०९ : ४४
शुक्रबार, २८ कात्तिक २०८२

सारांश

  • मधेस प्रदेशकी उपसभामुख बबिताकुमारी राउत ईशरले सुरक्षा जोखिम बढेको भन्दै प्रदेशसभा भवनभित्रको आवास छाडेकी छिन्।
  • सभामुखविरुद्धको प्रस्तावपछि प्रदेशसभामा राजनीतिक तनाव बढेका कारण उपसभामुखले यस्तो निर्णय लिएको बताइन्।
  • उनले जनकपुरधामस्थित निजी निवासमा अस्थायी रूपमा बसोबास गर्ने र नियमित दायित्व निर्वाहमा असर नपर्ने बताइन्।

जनकपुरधाम । मधेस प्रदेशकी उपसभामुख बबिताकुमारी राउत ईशरले  सुरक्षा जोखिम बढेको भन्दै जनकपुरधामस्थित प्रदेशसभा भवनभित्रको आवास छाडेकी छिन् ।

हालै प्रदेशसभामा तीव्र राजनीतिक तनाव सिर्जना भएपछि र सभामुखविरुद्ध दर्ता भएको ‘पदअनुकूल आचरण नगरेको’ प्रस्तावपछिको माहोल असहज बनेको कारण यस्तो निर्णय लिएको उनले बताइन्।

उपसभामुख राउतले भनिन्, “प्रदेशसभामा राजनीतिक तनाव बढेको छ। कार्यकक्षमै सांसदहरू थुनिने, विवाद बढ्ने, हातपातको प्रयाससम्म हुने घटना देखिँदा म पनि असुरक्षित महसुस गरिरहेको छु। सुरक्षा निकायको सुझावअनुसार आवास छोडेकी हुँ।”

उनका अनुसार अहिले उनी जनकपुरधामकै निजी निवासमा अस्थायी रूपमा बसोबास गर्नेछिन्। प्रदेशसभामा आफ्नो नियमित दायित्व निर्वाहमा कुनै असर नपर्ने उनले स्पष्ट पारिन्।

प्रदेशसभामा सभामुख रामचन्द्र मण्डलविरुद्ध प्रस्ताव दर्ता भएपछि सत्ता–प्रतिपक्षबिच तीव्र विवाद चर्किएको छ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप