ओलीलाई पुनः पार्टी अध्यक्ष बनाउनुपर्ने प्रेस चौतारीकाे धारणा
सारांश
- प्रेस चौतारी नेपालले एमाले महाधिवेशनमा केपी शर्मा ओलीलाई पुनः अध्यक्ष बनाउनुपर्ने धारणा राखेको छ।
- प्रेस चौतारीका अनुसार ओलीको सक्षम नेतृत्व देशको राष्ट्रिय आवश्यकता हो, र देशलाई स्थिरता दिन ओलीको विकल्प छैन।
- संगठनका नेताहरूले पार्टी एकता र राष्ट्रिय राजनीतिक स्थिरताका लागि ओलीको नेतृत्व आवश्यक रहेको बताए।
काठमाडौँ । प्रेस चौतारी नेपालले नेकपा (एमाले) को आउने महाधिवेशनमा अध्यक्ष केपी शर्मा ओलीलाई सर्वसम्मत रूपमा पुनः पार्टी अध्यक्ष बनाइनुपर्ने स्पष्ट धारणा सार्वजनिक गरेको छ । श्रमजीवी पत्रकारहरूको सङ्गठनका रूपमा रहेको प्रेस चौतारीले देशका चुनौतीहरू समाधान गर्न फेरि पनि ओलीकै नेतृत्वमा पार्टी र देश अगाडि बढ्नु अपरिहार्य रहेको निष्कर्ष निकालेको हो ।
शुक्रबार बसेको प्रेस चौतारीका केन्द्रीय पदाधिकारी तथा केन्द्रीय सदस्यहरूको आन्तरिक बैठकमा सङ्गठनका अध्यक्ष गणेश पाण्डेले समसामयिक राजनीतिक परिस्थितिमा ओलीको सक्षम नेतृत्व नै राष्ट्रिय आवश्यकता भएको बताए । देशलाई स्थिरता, राष्ट्रियता र आर्थिक पुनरुत्थानतर्फ अघि बढाउन सक्षम नेतृत्व आवश्यक रहेको वर्तमान परिस्थितिमा ओलीको विकल्प नरहेको चौतारीको निष्कर्ष छ ।
एमालेलाई एकताबद्ध गर्दै राष्ट्रिय राजनीतिलाई स्थिरतामा लैजान सक्ने क्षमतासहितको नेतृत्व अध्यक्ष ओलीमा नै रहेको चौतारीको निष्कर्ष छ । ‘अहिले पार्टीभित्र विवाद वा प्रतिस्पर्धा होइन, राष्ट्रिय आवश्यकता बुझेको सर्वसम्मत मान्यता आवश्यक छ’ उनले भने ।
उनले आगामी महाधिवेशनलाई सङ्गठन सुदृढीकरण, विचार–सिद्धान्त परिष्करण र राष्ट्रिय राजनीति स्थिरताकै दृष्टिले महत्त्वपूर्ण मोडको रूपमा व्याख्या गर्दै प्रेस चौतारीका सबै संरचनालाई आन्तरिक एकता र अनुशासनको आधारमा अघि बढ्न सुझाव दिए । पाण्डेले भदौ २३ र २४ गते भएको आन्दोलनलाई प्रतिक्रान्ति भएको दाबी गर्दै त्यसले मुलुकलाई अस्थिरतामा धकेल्ने प्रयास भएको टिप्पणी गरे ।
बैठकमा सङ्गठनका निवर्तमान अध्यक्ष गणेश बस्नेतले समेत केपी शर्मा ओलीको नेतृत्वमा एमालेलाई अघि बढाउने विकल्प नरहेको धारणा व्यक्त गरे । उनले केपी ओली र एमालेलाई जनताले विश्वास गरेर दिएको समर्थन तथा नेतृत्व क्षमताका कारण नै विभिन्न कोणबाट आक्रमण हुने गरेको बताए । जेनजी आन्दोलनका नाममा ओलीको निवासमा आगजनी हुँदा सोही क्रममा प्रचण्डको घरसमेत जलेको तथ्य स्मरण गर्दै उनले भने, ‘अरूलाई सिध्याउन खोज्नेहरू आफू पनि बचिँदैन । ’
बैठकमा सङ्गठनका महासचिव हिरामान लामाले संगठनमा बसेपछि अनुशासित भएर काम गर्नुपर्नेमा जोड दिए । अनुशासनहीन व्यवहारले संगठनलाई अघि बढाउन नसकिने बताउँदै उनले सबै सदस्यलाई स्पष्ट जिम्मेवारी, आचरण र अनुशासनका साथ अघि बढ्न आग्रह गरे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘विशेष प्राथमिकता’ को तिंकर सडकमा बजेट न्यून
-
अर्थमन्त्रीले भनेजस्तै ५० लाखमुनिका ईभी कसरी सस्तिन्छन् ?
-
वर्षौंदेखि अलपत्र १५ सडकका ठेक्का तोडियो
-
सर्लाहीका तीन प्रदेश सभा सदस्यलाई कांग्रेसले गरायो सचेत, बाराका उपसभापतिलाई सफाइ
-
पछिल्लो २४ घण्टामा विपद्जन्य घटनामा ५ जनाको मृत्यु
-
नेपाली कांग्रेस बाराका सभापति निलम्बित
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण