शुक्रबार, २२ जेठ २०८३
ताजा लोकप्रिय

किसानलाई ५० प्रतिशत अनुदानमा गहुँको बीउ वितरण सुरु

शुक्रबार, २८ कात्तिक २०८२, १५ : ५६
शुक्रबार, २८ कात्तिक २०८२

सारांश

  • सर्लाहीको हरिपुर नगरपालिकाले किसानहरूलाई ५० प्रतिशत अनुदानमा गहुँको बीउ वितरण सुरु गरेको छ।
  • नगरपालिकाले कृषि सामग्री कम्पनी लिमिटेडसँग ३२ लाख १ हजार ६०० रुपियाँमा ९२० बोरा गहुँको बीउ खरिद गरेको छ।
  • किसानलाई ‘बिजय’ र ‘एनएल–९७१’ जातका गहुँका बीउ उपलब्ध गराइएको छ।

जनकपुरधाम । सर्लाहीको हरिपुर नगरपालिकाले आफ्नो क्षेत्रभित्रका किसानहरूलाई ५० प्रतिशत अनुदानमा गहुँको बीउ वितरण सुरु गरेको छ । नगरपालिकाको कृषि शाखाका नायब प्राविधिक सहायक अम्बिका मैनालीका अनुसार यस वर्ष किसानलाई समयमै सहयोग पुर्‍याउन बीउ वितरण कार्यक्रम अघि बढाइएको हो ।

अनुदानमा बीउ वितरण कार्यको आज नगर उपप्रमुख निलमदेवी राय यादव र निमित्त प्रमुख प्रशासकीय अधिकृत विनय पौडेलले संयुक्त रूपमा शुभारम्भ गरेका छन् । नगरपालिकाले कृषि सामग्री कंपनी लिमिटेडसँग ३२ लाख १ हजार ६०० रुपियाँमा ९२० बोरा गहुँको बीउ खरिद गरेको जनाएको छ ।

कृषि शाखाका प्राविधिक मैनालीका अनुसार ‘बिजय’ र ‘एनएल–९७१’ गरी दुई जातका गहुँका बीउ किसानलाई उपलब्ध गराइएका छन् । यसअघि नै किसानसँग माग संकलन गरेर बीउ खरिद गरिएको र मागअनुसार क्रमशः वितरण हुँदै गएको कार्यालयले जनाएको छ ।

कृषि प्राविधिकका अनुसार चार कठ्ठा बराबर खेतमा एक किलो गहुँको बीउ छर्दा हुने बताए अनुसार किसानलाई आवश्यक हिसाबले बीउ उपलब्ध गराइँदै छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप