बिहारका मुख्यमन्त्री नीतीश कुमारले जितको श्रेय दिँदै लिए चार नेताको नाम
सारांश
- बिहार विधान सभा निर्वाचनमा मतदाता, प्रधानमन्त्री मोदी र सहयोगी दलका नेताहरूप्रति मुख्यमन्त्री नीतीश कुमारले आभार व्यक्त गरे।
- नीतीश कुमारले सामाजिक सञ्जालमा प्रधानमन्त्री मोदी, चिराग पासवान, जीतनराम माँझी र उपेन्द्र कुशवाहालाई धन्यवाद दिए।
- एनडीए गठबन्धनको जितमा एकजुटताको प्रशंसा गर्दै, नीतीश कुमारले बिहारलाई विकसित बनाउने विश्वास व्यक्त गरे।
काठमाडाैँ । भारतको बिहार विधान सभा निर्वाचनको मत परिणामलाई लिएर त्यहाँका मुख्यमन्त्री नीतीश कुमारले मतदाता, प्रधानमन्त्री नरेन्द्र मोदी र सहयोगी दलका नेताहरूप्रति आभार प्रकट गरेका छन् ।
मुख्यमन्त्री नीतीशकुमारले सामाजिक सञ्जाल ‘एक्स’मा चार नेताको नाम नै लिएर आभार प्रकट गरेका छन् । उनले प्रधानमन्त्री मोदी, सहयोगी घटकका नेताहरू चिराग पासवान, जीतनराम माँझी र उपेन्द्र कुशवाहाको नाम उल्लेख गर्दै आभार तथा धन्यवाद प्रकट गरेका हुन् ।
‘बिहार विधानसभा चुनाव–२०२५ मा राज्यवासीले हामीलाई भारी बहुमत दिएर हाम्रो सरकारप्रति विश्वास प्रकट गरेका छन्,’ नीतीशकुमारले एक्समा लेखेका छन्, ‘यसका लागि राज्यका सबै सम्मानित मतदातालाई मेरो नमन, हृदयदेखि नै आभार र धन्यवाद ।’
उनले प्रधानमन्त्री मोदीबाट प्राप्त सहयोगका लागि पनि हृदयबाटै आभार र धन्यवाद प्रकट गरेका छन् ।
एनडीए गठबन्धनले यो चुनावमा एकजुटता देखाएकै कारण बहुमत हासिल गरेको नीतीशकुमारले प्रस्ट पारेका छन् । यो जितका लागि गठबन्धनका साथीहरू चिराग पासवान, जीतनराम माँझी र उपेन्द्र कुशवाहालाई पनि धन्यवाद र आभार भन्दै उनले प्रतिक्रिया जनाएका छन् ।
उनले गठबन्धनका यिनै नेताहरूको सहयोगमा बिहार अझ अगाडि बढ्ने र देशकै सबैभन्दा धेरै विकसित राज्यको श्रेणीमा सामेल हुने विश्वास प्रकट गरेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सुदूरपश्चिम प्रदेश : अधिकांश मन्त्रालयको पुँजीगत खर्च कमजोर
-
बाथरुममा लडेर घाइते भए पियुष मिश्रा
-
जङ्गलमा लुकाइराखेका ११ नाल भरुवा बन्दुक बरामद
-
ट्रम्पको धम्कीपछि क्यानडाले रद्द गर्यो संयुक्त पुल उद्घाटन समारोह
-
हुथीको धम्कीपछि साउदीका तेल ट्याङ्कर फर्किए
-
मनिलामा बुधबार अमेरिका र चीनका शीर्ष कूटनीतिज्ञबिच वार्ता हुँदै
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण