अख्तियार कार्यालय बर्दिवासमा करिब चार हजार उजुरी दर्ता
सारांश
- अख्तियार दुरुपयोग अनुसन्धान आयोग बर्दिवासमा गत आर्थिक वर्षमा ३,९७१ उजुरी दर्ता भएका थिए।
- दर्ता भएका उजुरीमध्ये २,९१० वटा फर्छ्योट भए भने १,०६१ वटा आगामी आर्थिक वर्षमा छानबिन हुनेछन्।
- कार्यालयमा घुस, गैरकानुनी लाभ, नक्कली प्रमाणपत्र र सार्वजनिक सम्पत्ति हानी नोक्सानीसम्बन्धी उजुरीहरू परेका थिए।
जनकपुरधाम । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय बर्दिवासले गत आर्थिक वर्ष २०८१/८२ मा तीन हजार ९७१ उजुरी परेको जनाएको छ ।
कार्यालयबाट प्राप्त विवरणअनुसार आव २०८१/८२ मा तीन हजार ४८ र गत आवको जिम्मेवारी सरिआएका नौ सय २३ उजुरी गरी तीन हजार ९७१ उजुरी दर्ता भएको उल्लेख छ । कुल उजुरीमध्ये दुई हजार ९१० उजुरी फर्छ्योट भएको र बाँकी एक हजार ६१ उजुरी आव २०८२र८३ मा छानबिन हुने गरी जिम्मेवारी सरेको अख्तियारले जनाएको छ ।
अख्तियारको बर्दिबास कार्यालयमा घुस रिसवतसम्बन्धी ३७ वटा, गैरकानुनी हानिलाभसम्बन्धी ३५ वटा, झुठा नक्कली शैक्षिक प्रमाणपत्रसम्बन्धी २७ वटा, सार्वजनिक सम्पत्ति हानिनोक्सानीसम्बन्धी २४ वटा, गैरकानुनी सम्पत्ति अर्जनसम्बन्धी आठ उजुरी परेको प्रतिवेदनमा उल्लेख गरिएको छ ।
त्यसैगरी, यी उजुरीहरूमा छ सय १९ पुरुष, ९४ महिला तथा ४० सङ्घसंस्था गरी सात सय ५३ प्रतिवादीविरुद्ध कैद सजाय तथा जरिवाना गरिएको छ । जरिवानामार्फत रु छ अर्ब एक करोड ८४ लाख ७२ हजार बढी बिगो माग दाबी गरिएको प्रतिवेदनमा उल्लेख गरिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
लैङ्गिक हिंसा र लैङ्गिक समानता विषयक प्रदेशस्तरीय सम्मेलन
-
केन्द्रमा एमाले–नेकपा मिल्ने चर्चाले मुख्यमन्त्री प्रस्ताव गरिसकेको कांग्रेसलाई तनाव !
-
निजी विद्यालय सञ्चालकलाई सिंहदरबार बोलाएर शिक्षामन्त्रीले के-के भने ?
-
भारतीय प्रधानमन्त्री मोदीको राजीनामा मागियाे
-
भारतमा सीजेपी आन्दोलनको राप (भिडियो)
-
डिभिजन वन कार्यालय धनगढी र पहलमानपुरको कागजात अख्तियारको नियन्त्रणमा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण