जम्मू कश्मीरको नौगाम प्रहरी चौकीमा विस्फोट, ९ जनाको मृत्यु, २९ जना घाइते
शनिबार, २९ कात्तिक २०८२, ०९ : ३८
सारांश
- श्रीनगरको नौगाम प्रहरी चौकीमा विस्फोट हुँदा नौ जनाको मृत्यु भएको छ।
- विस्फोटमा २९ जना घाइते भएका छन्, जसमा अधिकांश प्रहरी छन्।
- पक्राउ परेका व्यक्तिको घरबाट बरामद विस्फोटक पदार्थ चौकीमा राखिएको थियो।
काठमाडौँ । शुक्रवार राति जम्मू कश्मीरको श्रीनगरस्थित नौगाम प्रहरी चौकीमा ठूलो विस्फोट भएको छ । उक्त विस्फोटमा नौ जनाको मृत्यु भएको बताइएको छ । घटनामा २९ जना घाइते भएका छन् । घाइतेमध्ये अधिकांश प्रहरी अधिकारीहरू रहेको बताइएको छ ।
अधिकारीहरूका अनुसार जफत गरिएका विस्फोटक पदार्थहरूको नमुना लिने क्रममा विस्फोट भएको थियो। कति मात्रामा विस्फोटक पदार्थ विस्फोट भएको हो भन्ने प्रस्ट भइसकेको छैन ।
हरियाणाको फरीदाबादमा पक्राउ परेका र दिल्ली विस्फोटको मुद्दामा पहिले नै पक्राउ परिसकेका डा मुजम्मिल गनाईको भाडाको घरबाट बरामद गरिएको विस्फोटक पदार्थ उक्त चौकीमा राखिएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जलस्रोत र ऊर्जा विधेयकमा प्रदेश र स्थानीय तहले खाजे स्रोतमाथिको स्वामित्व
-
बर्गर खाएको भिडियो सार्वजनिक भएपछि ककरोच जनता पार्टीका प्रवक्ता बर्खास्त
-
तारकेश्वरबाट चोरीका सुनचाँदीका गहनासहित दुई जना पक्राउ
-
सडकको ताजा अवस्था : कतै पूर्ण बन्द, कतै एकतर्फी सञ्चालन (सूचीसहित)
-
किन किनारा लगाइए अर्थमन्त्री वाग्ले ?
-
फुटबल अर्थतन्त्रः रेस्टुरेन्टको सट्टा फुड डेलिभरी चले, एआईले टिसर्ट व्यापार खस्कियो
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण