ज्योति मगरको प्रश्न : ‘गगन र योगेशले नयाँ पार्टी खोल्दा कस्तो होला ?’
सारांश
- गायिका ज्योति मगरले गगन थापा र योगेश भट्टराई मिलेर पार्टी खोल्दा कस्तो होला भनी प्रश्न गरिन्।
- उनले थापालाई अध्यक्ष र भट्टराईलाई महासचिव बनाउन सुझाव दिँदै नेताहरूलाई अवसरवादीको संज्ञा दिइन्।
- मगरले नेताहरूको एमसीसीप्रतिको धारणा र पार्टीको नेतृत्वप्रति असन्तुष्टि व्यक्त गरिन्।
काठमाडौँ । गायिका ज्योति मगरले नेपाली कांग्रेसका महामन्त्री गगन थापा र नेकपा (एमाले) का सचिव योगेश भट्टराई मिलेर नयाँ पार्टी खोल्दा कस्तो हुने भन्दै सामाजिक सञ्जालमा प्रश्न गरेकी छिन्।
उनले आफ्नो फेसबुक स्ट्याटसमा थापालाई अध्यक्ष र भट्टराईलाई महासचिव प्रस्ताव गर्दै बाँकी पदाधिकारी थप्दै जान सुझाव दिएकी हुन्। राजनीतिक नेतृत्वप्रति कटाक्ष गर्दै मगरले लेखेकी छिन्– ‘यी पढे लेखेका मूर्खहरू देशको चिन्ता भन्दा नि पार्टीको अध्यक्षतामा देउवा र ओली भएकोमा बढी चिन्ता गर्छन्।’
उनले थापा, भट्टराई र नेकपा (एकीकृत समाजवादी) की नेतृ रामकुमारी झाँक्री एक कार्यक्रममा आफूहरू तीनै जना एमसीसीवादी भएको भन्दै हाँसिरहेको प्रसङ्ग पनि उल्लेख गरेकी छन्।
उनले यी नेताहरूलाई अवसरवादीको संज्ञा दिँदै थपेकी छिन्, ‘यी न कांग्रेसवादी न एमालेवादी न जनवादी न राजावादी यिनीहरू मलाइ औसरवादी लाग्छन्......छुचो मुख छ फेरि गाली खाइने हो......’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
१ प्रतिक्रिया
भर्खरै
-
एक वर्षमा ३० करोडभन्दा बढीको तस्करीका सामान बरामद
-
जापानमा ‘क्रूर गर्मी’ को चेतावनी
-
कांग्रेसको आत्मा र भावना हामीसँगै छ, असहमति राख्नेलाई सिध्याएर अघि बढ्न मिल्दैन: गच्छदार
-
श्रमिकका उजुरी एक घण्टाभित्रै सम्बोधन गर्न निर्देशन
-
कांग्रेसमा निरङ्कुशता र हुकुमीशैली छ : शेखर कोइराला
-
कानुन कार्यान्वयनको अध्ययन गर्न राष्ट्रियसभाले बनायो उपसमिति
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण