शुक्रबार, २२ जेठ २०८३
ताजा लोकप्रिय
नेपाल प्रिमियर लिग

एनपीएलमा क्यानले हरेक दिन ९,५०० टिकट बेच्ने, सिजन पासको मूल्य १५ हजार

शनिबार, २९ कात्तिक २०८२, १४ : १५
शनिबार, २९ कात्तिक २०८२

काठमाडौँ । नेपाल क्रिकेट संघ (क्यान) ले दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) को दोस्रो सिजनमा हरेक दिन ९ हजार ५०० टिकट बेच्ने भएको छ।

क्यानका सचिव पारस खड्काका अनुसार यस वर्ष प्रत्येक दिन ९ हजार ५०० टिकट बेच्ने र एक हजारसम्मको पास वितरण गर्ने योजना छ। खड्काले भिड नियन्त्रण गर्नका लागि कम सङ्ख्यामा टिकट बेच्न लागिएको जानकारी दिए। गत सिजन क्यानले हरेक दिन १० हजार टिकट र २ हजार पास वितरण गरेको थियो।

प्रतियोगिताका लागि टिकटको मूल्य यस्तो तोकिएको छ:

ओपनिङ डे तथा शनिबारका खेलहरू:

  • जनरल टिकट: रु. ५००
  • प्रिमियम टिकट: रु. १५००

अन्य दिनका खेलहरू (शनिबार बाहेक):

  • जनरल टिकट: रु. ५००
  • प्रिमियम टिकट: रु. १०००
  • प्ले अफ तथा फाइनल:
  • जनरल टिकट: रु. १०००
  • प्रिमियम टिकट: रु. २०००

क्यानले यस प्रतियोगिताका लागि सिजन पासको व्यवस्था पनि गरेको छ, जसको मूल्य १५ हजार रुपैयाँ तोकिएको छ। यो सिजन पासमार्फत दर्शकहरूले प्रतियोगिताका सबै खेलहरू हेर्न पाउनेछन्।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप