गृहमन्त्री अर्यालले गरे प्रहरी वृत्त थानकोट र नागढुंगा प्रभागको निरीक्षण
सारांश
- गृहमन्त्री ओमप्रकाश अर्यालले थानकोट र नागढुंगा प्रहरी कार्यालयको निरीक्षण गरेका छन्।
- भदौ २४ गते प्रदर्शनकारीले आगजनी गरेको प्रहरी कार्यालय मर्मतपछि पुनः सञ्चालनमा आएको छ।
- मन्त्री अर्यालले प्रहरी कर्मचारीको रासन सुविधा बढाउने तयारी अन्तिम चरणमा पुगेको बताए।
काठमाडौँ । गृहमन्त्री ओमप्रकाश अर्यालले प्रहरी वृत्त थानकोट र प्रहरी प्रभाग नागढुंगाको निरीक्षण गरेका छन् । शनिबार मन्त्री अर्यालले जेनजी प्रदर्शनमा आगजनी पछि पुनर्स्थापित दुवै कार्यालयको निरीक्षण गरेका हुन् ।
प्रदर्शनको क्रममा भदौ २४ मा उच्छृङ्खल समूहले थानकोट र नागढुंगाको प्रहरी कार्यालय भवन आगजनी गरेका थिए । मर्मत र रंगरोगनपछि प्रहरीले त्यहीँबाट सेवा सुचारु गरेको छ ।
थानकोट वृत्तको नवनिर्मित भवन उद्घाटन भएको ९ औँ दिनमा नै आन्दोलनकारीले आगजनी गरेका हुन् । तत्कालीन एआईजी टेकबहादुर तामाङले भदौ १६ मा नवनिर्मित भवनको उद्घाटन गरेका थिए ।
निरीक्षणमा उपत्यका प्रहरी कार्यालयका डीआईजी ओम अधिकारी र काठमाडौँका एसएसपी रमेश थापा पनि सहभागी थिए । प्रहरी वृत्त थानकोटकी डीएसपी एलिजा गिरीले प्रदर्शनमा आफ्नो टिमले हातहतियार, गोलीगठ्ठा र सवारीसाधन क्षति हुन नदिएको ब्रिफिङ गरेकी छन् ।
गृहमन्त्री अर्यालले प्रहरी कर्मचारीको रासन सुविधा अन्य सुरक्षा निकायको स्तरमा लैजाने गरी अन्तिम तयारी भएको बताए । उनले भने– ‘अरू सुरक्षा निकायले पाउँदै आएको सरह प्रहरी कर्मचारीलाई पनि रासन सुविधा वृद्धि गर्ने प्रयास अन्तिम चरणमा पुगेको छ ।’
आन्दोलनमा प्रहरी कर्मचारीको क्षति भएको व्यक्तिगत सामग्रीलाई कसरी पूर्ति गर्ने भन्नेबारे छलफल भइरहेको मन्त्री अर्यालले जानकारी दिएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘घरदैलोको अदालत’ले विश्वास जित्दै, दलित समुदायको पहुँच भने कमजोर
-
ट्राफिक कारबाहीमा एकैदिन २२ लाख ७६ हजार राजस्व सङ्कलन
-
सोच्ने कामको जिम्मा एआईलाई दिनु हुँदैन
-
यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
-
कांग्रेस केन्द्रीय अनुशासन समितिको बैठक बस्दै
-
कस्ता खेलाडीले जित्छन् गोल्डेन बुट ? २०२६ मा कसले बाजी मार्ला ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण