सरकारी मूल्यमा धान बेच्ने प्रबन्ध तत्काल मिलाउन प्रगतिशील राष्ट्रिय अभियानको माग
सारांश
- प्रगतिशील राष्ट्रिय अभियानले बर्दियाका किसानले धान बेच्न नपाएकोमा ध्यानाकर्षण जनायो।
- खाद्य कम्पनीले धान नकिनेपछि किसानहरू कम मूल्यमा बेच्न बाध्य भए, अभियानको भनाइ छ।
- अभियानले किसानलाई उचित मूल्यमा धान बेच्ने व्यवस्था मिलाउन सरकारसँग माग गरेको छ।
काठमाडौँ । बर्दियाको राजपुर लगायत तराई मधेसका जिल्लाहरूका धान उत्पादक किसानहरूले सरकारद्वारा तोकिएको न्यूनतम मूल्यमा पनि बेच्न नपाएको विषयप्रति प्रगतिशील राष्ट्रिय अभियानले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ।
सरकारी मूल्यमा खाद्य व्यवस्था तथा व्यापार कम्पनीले धान नकिनेपछि किसानहरू कौडीको भाउमा धान बेच्न बाध्य भएको अभियानको भनाई छ। ‘किसानले धान उत्पादनको लागि मल, बिउ किन्न लिएको ऋण तिर्न र घर खर्च धान्नको लागि ती कम्पनी र व्यापारीले नै तोकेको मूल्यमा धान बेच्न बाध्य पारिएको घटना आफैमा निन्दनीय छ,’ विज्ञप्तिमा भनिएको छ ।
किसानले उत्पादन गरेको धान घाटा खाएर बेच्न बाध्य पार्नु भनेको किसानलाई पलायन गराउनु मात्र होइन, स्वदेशी उत्पादन प्रणालीलाई ध्वस्त पार्नु पनि रहेको अभियानको ठहर छ। सरकारले तोकेको मूल्यमा किसानले बिना झन्झट चाहेजति धान बेच्न सक्ने तत्काल प्रबन्ध मिलाउन अभियानले सरकारसँग जोडदार माग गरेको । यो मागलाई सरकारले उपेक्षा गर्ने दुस्साहस गरेमा त्यसको परिणाम भयानक हुने चेतावनी समेत अभियानले दिएको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
ढोरपाटन आवातजावतमा सास्ती
-
केन्द्रसँग अधिकार माग्ने प्रदेशहरू सरकार गठनका सवालमा किन गुहार्छन् केन्द्रलाई नै ?
-
युक्रेनलाई ६९ करोड डलर ऋण उपलब्ध गराउने आइएमएफकाे घोषणा
-
जल संरक्षणका लागि जलस्रोतमाथि कानुनी नियमन आवश्यक : ऊर्जामन्त्री श्रेष्ठ
-
प्रधानमन्त्रीसँगको छलफलपछि तयारी पोसाक उद्योगी उत्साहित : ‘मान्छे होइन, वस्तु निर्यात गरेर देश बन्छ’
-
सर्वोच्चले भन्यो- स्वैच्छिक अवकाश लिने बैंक कर्मचारीको पेन्सन वृद्धि हुँदैन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण