कोलकाता टेस्ट : भारतविरुद्ध दक्षिण अफ्रिका ६३ रनले अगाडि
कोलकाता । कोलकाता टेस्टको दोस्रो दिन दक्षिण अफ्रिकाले भारतविरुद्ध ६३ रनले अग्रता बनाएको छ। ईडन गार्डन्स स्टेडियममा शनिबार पनि खराब प्रकाशका कारण चाँडै स्टम्प्स गरिएको थियो। आज ७७ ओभर मात्रै फालिएको हो।
दिनको खेल सकिँदासम्म दक्षिण अफ्रिकाले दोस्रो पारीमा ९३ रन बनाउँदा ७ विकेट गुमाएको छ। कप्तान टेम्बा बावुमा २९ र कर्बिन बश एक रनमा नटआउट रहेका छन्। भारतका लागि रवीन्द्र जडेजाले ४ विकेट लिए भने कुलदीप यादवले २ र अक्षर पटेलले १ विकेट लिए। जडेजाले भारतमा २५० टेस्ट विकेट पनि पूरा गरेका छन्।
यसअघि, भारतले पहिलो पारीमा ९ विकेटमा १८९ रन बनाएको थियो। कप्तान शुभमन गिल घाँटीमा समस्याका कारण पहिलो सेसनमा रिटायर्ड हर्ट भएका थिए। त्यसपछि उनी ब्याटिङ गर्न उत्रिएनन्।
केएल राहुलले सर्वाधिक ३९ रन बनाएका थिए। दक्षिण अफ्रिकाका लागि साइमन हार्मरले ४ विकेट लिए। मार्को यानसनले ३ विकेट लिए भने केशव महाराज र कर्बिन बशले १-१ विकेट लिए।
पहिलो दिन अफ्रिकी टिम पहिलो पारीमा १५९ रनमा अलआउट भएको थियो।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
इतर समूहका नेताहरूको एकै स्वरः गगन थापा नसच्चिए कांग्रेस फुट्छ
-
बर्थिङ सेन्टरमार्फत सुत्केरी सेवा लिने बढ्दै
-
तातो लहरको पूर्वानुमानलाई दिगो बनाइनुपर्छ
-
सहकारीद्वारा स्थानीय उत्पादनको ‘ब्राण्डिङ’
-
मानवसेवा आश्रम पुगेर गगनले आश्रितलाई खुवाए खाना, तस्बिरहरू
-
संविधान संशोधन सुझाव कार्यदल : एमालेले तथ्य र औचित्यका आधारमा प्रस्ताव तयार गर्ने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण