अन्तर्राष्ट्रिय माउन्टेन बाइक प्रतियोगितामा नेपाली खेलाडीको वर्चस्व
सारांश
- पोखरामा आयोजित 'पोखरा इन्डुरो रेस' मा नेपाली खेलाडीको वर्चस्व रह्यो।
- प्रतियोगितामा नेपालसहित आठ देशका ४५ खेलाडीले प्रतिस्पर्धा गरे, जसमा विभिन्न विधामा नेपाली खेलाडीले जित हासिल गरे।
- विजेता खेलाडीहरूलाई पुरस्कार वितरण गरियो र यस प्रतियोगिताले पर्यटन प्रवर्द्धनमा सहयोग पुर्याउने अपेक्षा गरिएको छ।
कास्की । पोखरामा आयोजना गरिएको तेस्रो संस्करणको अन्तर्राष्ट्रिय माउन्टेन बाइक प्रतियोगिता ‘पोखरा इन्डुरो रेस’मा नेपाली खेलाडीले वर्चस्व कायम राखेका छन् ।
पोखरा महानगरपालिका–१३ आर्वाविजय डाँडामा यही कात्तिक २७ देखि सुरु प्रतियोगिताको आज (शनिबार) फाइनल खेल खेलाइएको थियो । प्रतियोगितामा नेपालसहित जर्मनी, सिङ्गापुर, अष्ट्रेलिया, युके, श्रीलङ्का ओमन र अमेरिका गरी आठ देशका ४५ खेलाडी सहभागी थिए । सबै खेलाडीलाई छ वटै ट्रेलमा खेलाइएको थियो ।
प्रतियोगिता छ वटा ट्रेल कुल पाँच किमी तीन सय ६३ मिटर दूरीका साथमा छ वटा विधामा खेलाइएको प्रतियोगिताका रेस डाइरेक्टर सुनिलचन्द्र शर्माले जानकारी दिनुभयो । प्रतियोगितामा ३० देखि ३९ वर्षसम्मका मास्टर्स ‘ए’ विधामा नेपालका राजन भण्डारी प्रथम हुन सफल भए । भण्डारीले निर्धारित दूरी १४ मिनेट पाँच सेकेन्डमा पार गरे । अष्ट्रेलियाका स्टेफन विलियम्सले निर्धारित दूरी १५ मिनेट ५९ सेकेन्ड ८१ मिलिसेकेन्डमा दूरी पार गरी द्वितीय हुनुभयो । नेपालका मुनेस घलेले १६ मिनेट २६ सेकेन्डमा पार गरी तृतीय भए।
यता मास्टर्स ‘बी’तर्फ पनि नेपालकै शक्ति गुन्सेकर प्रथम हुन सफल भए । उनले निर्धारित दूरी १६ मिनेट १७ सेकेन्डमा पार गर्न सफल भए। त्यसैगरी, सोही दूरी नेपालकै रवि कार्कीले १६ मिनेट ५० सेकेन्ड ४६ मिलिसेकेन्डमा पार गर्दै द्वितीय र १७ मिनेट ३० सेकेन्ड ३७ मिलिसेकेन्डमा उक्त दूरी पार गर्दै प्रयास तामाङ तृतीय भए ।
जुनियरतर्फको विधामा प्रसन्न महर्जन प्रथम, दिप्सन थापा दोस्रो र स्वप्निल रायमाझी तेस्रो बन्न सफल भए । पर्सनले निर्धारित दूरी १५ मिनेट ४९ सेकेन्ड, दिप्सनले १५ मिनेट ५० सेकेन्ड र स्वप्निलले १६ मिनेट ५८ सेकेन्डमा पूरा गरे।
खुला महिलातर्फको विधामा लक्ष्मी मगर प्रथम र कृपा डङ्गोल दोस्रो हुन सफल भइन् । लक्ष्मीले निर्धारित दूरी २० मिनेट एक सेकेन्डमा पार गर्दा कृपा डङ्गोलले २० मिनेट १५ सेकेन्डमा पूरा गरिन्।
त्यसैगरी इलिटतर्फको विधामा भने हिकमत विक निर्धारित दूरी १३ मिनेट नौ सेकेन्डमा पार गरी प्रथम भए । यस विधामा तेन्जिङ गुरुङ दोस्रो र अनिल विक तेस्रो हुन सफल भएका छन् । तेन्जिङले १३ मिनेट ५८ सेकेन्ड उक्त दूरी पार गर्नुभयो भने अनिलले १४ मिनेट २९ सेकेन्डमा दौड सम्पन्न गरे।
यसैगरी, ५० वर्षमाथिका भेट्रान्स विधामा भने थाइल्याण्डका मार्क डटी प्रथम हुन सफल भए । नेपालका मिङ्गुर दोर्जे शेर्पा र अनिल बास्कोटा क्रमशः द्वितीय र तृतीय भए ।
प्रतियोगितामा विजेता खेलाडीहरुलाई पोखरा महानगरपालिका खेलकुद विकास समितिका अध्यक्ष दीपक गोदार, कास्की जिल्ला साइक्लिङ सङ्घका अध्यक्ष शङ्कर भण्डारीलगायतले पुरस्कार वितरण गरेका थिउ ।
माउन्टेन वाइक कम्पनी डन टिल डस्कले प्रतियोगिता गरेको हो । यसअघि २०८० र २०८१ सालमा प्रतियोगिता सम्पन्न भइसकेको छ । इन्डुरो प्रतियोगिताले विश्वभर ठुलो सङ्ख्यामा रहेका माउन्टेन बाइक प्रेमी आकर्षित भई नेपालको पर्यटन प्रवर्द्धनमा सहयोग पुग्ने अपेक्षा आयोजकको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मेस्सी उत्कृष्ट खेलाडी घोषित
-
कङ्गोमा इबोला प्रकोप तीव्र, मृत्यु हुनेको सङ्ख्या ९९९ पुग्यो
-
न्यायपालिकाको पाँचौं रणनीतिक योजनामा भदौ २४ को विध्वंसको धक्का
-
एमआरपी अनिवार्य गर्ने निर्णयबाट फेरि पछि हट्यो सरकार, बजारमा भने कडाइ
-
शहिद गङ्गालाल हृदय केन्द्रद्वारा बालबालिकाको मुटु शल्यक्रिया सहायता रकम परिमार्जन
-
बुटवलमा रिभल्वर र गोलीसहित युवक पक्राउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण