अपडेट
गृहमन्त्रीले बोलाए सुरक्षा समिति बैठक
आइतबार, ३० कात्तिक २०८२, १० : २६
सारांश
- गृहमन्त्री ओमप्रकाश अर्यालले केन्द्रीय सुरक्षा समितिको बैठक बोलाएका छन्।
- बैठक फागुन २१ गतेको प्रतिनिधिसभा निर्वाचन र दुर्गा प्रसाईँको आन्दोलनमा शान्ति सुरक्षाबारे छलफल गर्नका लागि हो।
- बैठकमा गृह मन्त्रालयका उच्च पदस्थ अधिकारीहरुको उपस्थिति रहनेछ।
काठमाडौँ । गृहमन्त्री ओमप्रकाश अर्यालले केन्द्रीय सुरक्षा समितिको बैठक बोलाएका छन् । मन्त्री अर्यालले आइतबार दिउसो तीन बजे सिंहदरबारस्थित गृह मन्त्रालयमा बस्नेगरी केन्द्रीय सुरक्षा समितिको बैठक आह्वान गरेको गृह मन्त्रालयका प्रवक्ता तथा सुरक्षा समन्वय महाशाखा प्रमुख सहसचिव आनन्द काफ्लेले रातोपाटीलाई जानकारी दिए ।
फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभा निर्वाचन, दुर्गा प्रसाईँले आह्वान गरेको आन्दोलनमा शान्ति सुरक्षाको व्यवस्थाबारे छलफल गर्न अर्यालले बैठक बोलाएका हुन् ।
बैठकमा गृह मन्त्रालयका सचिव, नेपाली सेनाका बलाधिकृत रथी, नेपाल प्रहरी र सशस्त्र प्रहरीका महानिरीक्षक, राष्ट्रिय अनुसन्धान विभागका प्रमुख, मन्त्रालयका शान्ति सुरक्षा महाशाखा प्रमुख सदस्य हुन्छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार : व्यवसायी अग्रवाल थुनामादेखि मुख्यमन्त्री बन्न केन्द्रको निर्णयको पर्खाइसम्म
-
अमेरिकी राष्ट्रपतिद्वारा हुथीहरूलाई ‘ठूलो सैन्य दण्ड’ को चेतावनी
-
आपराधिक गतिविधि बढ्दै प्रशासनद्वारा यस्तो आग्रह
-
युक्रेनका बर्खास्त गरिएका युक्रेनी पूर्व रक्षामन्त्रीलाई अर्को जिम्मेवारी सम्हाल्न राष्ट्रपतिको आग्रह, फेडोरोभद्वारा अस्वीकार
-
सुर्खेतमा ग्यास अभाव हुँदा उपभोक्ता मर्कामा
-
आर्थिक कूटनीतिमा सक्रिय भूमिका निर्वाह गर्न परराष्ट्रमन्त्री खनालको आह्वान
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण