यात्रुका लागि खुल्यो लाल किल्ला मेट्रो स्टेसनका सबै ढोका
आइतबार, ३० कात्तिक २०८२, १० : ४९
सारांश
- दिल्ली मेट्रो रेल कर्पोरेसनले लाल किल्ला मेट्रो स्टेसनका सबै ढोका खोलेको छ।
- नोभेम्बर १० मा लाल किल्ला मेट्रो स्टेसन नजिकै कार बम विस्फोट भएको थियो।
- विस्फोटलाई भारत सरकारले आतंकवादी हमला घोषणा गरेको छ, जसमा ८ जनाको मृत्यु भएको थियो।
नयाँ दिल्ली । दिल्ली मेट्रो रेल कर्पोरेसन ( डीएमआरसी) ले यात्रुहरूका लागि लाल किल्ला मेट्रो स्टेसनका सबै ढोकाहरू खोलेको जानकारी छ । यसअघि शनिबार डीएमआरसीले लाल किल्ला मेट्रो स्टेसनको २ र ३ गेटहरू खोल्ने घोषणा गरेको थियो।
सोमबार, नोभेम्बर १० को साँझ, लाल किल्ला मेट्रो स्टेसन नजिकै कार बम विस्फोट भएको थियो । भारत सरकारले यसलाई ‘आतङ्कवादी हमला’ घोषित गरेको थियो ।
आक्रमणमा कम्तीमा ८ जनाको मृत्यु भएको थियो र धेरै जना घाइते भएका थिए। सुरक्षा कारणले गर्दा लाल किल्ला मेट्रो स्टेसन बन्द गरिएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पार्टी तोड्ने हैन, जोड्नेतर्फ लाग्नुपर्छः नेता आङ्देम्बे
-
तीन जिल्लामा आगलागी, सात लाख ४० हजार बराबरको क्षति
-
विशेष अदालतको ‘स्मार्ट कोर्ट’ बनाउने कार्यदिशा
-
सिक्किममा सुरुङ भत्किँदा १२ मजदुरको मृत्यु (अपडेट)
-
सुनचाँदी व्यवसायलाई प्रविधिमैत्री बनाउन महासंघद्वारा वेबसाइट र मोबाइल एप सार्वजनिक
-
वैदेशिक रोजगारी : ठगीको अभियोगमा ४ जना पक्राउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण