‘ओभरवर्किङ’लाई सामान्य बनाइएको छः दीपिका पादुकोण
सारांश
- दीपिका पादुकोणलाई आठ घण्टा काम गर्न चाहेको कारण दुई फिल्मबाट हटाइयो।
- उनले ओभरवर्कलाई सामान्य बनाइएको र बर्नआउटलाई प्रतिबद्धता ठानिएको कुरामा असहमति जनाइन्।
- उनले कामकाजी महिलाहरूले सामना गर्ने चुनौती र काम र जीवनको सन्तुलनबारे कुरा गरिन्।
नयाँ दिल्ली । सन्दीप रेड्डी वांगाको ‘स्पिरिट’बाट दीपिका पादुकोणलाई हटाइएपछि अभिनेत्रीले आठ घण्टे वर्कआवर माग्नु निर्देशकलाई मन नपरेर फिल्मबाट हटाइएको चर्चा चलेको थियो । गत वर्ष आमा बनेपछि दीपिका पादुकोणले फिल्म निर्मातालाई काम–जीवन सन्तुलन कायम राख्न आठ घण्टा मात्र काम गर्न सक्ने सर्त राखेकी थिइन् ।
सन्दीप रेड्डी वांगाको स्पिरिटपछि, निर्देशक नाग अश्विनले पनि अभिनेत्रीलाई कल्की २ बाट हटाए । कल्की २ लाई पूरै समर्पण चाहिने अनि दीपिकाले मागेको समयमा यो नपाइने उनको तर्क थियो । अब भने दीपिकाले यस विषयमा आफ्नो मौनता तोडेकी छिन् । हामी आफैँले ओभरवर्कलाई सामान्य बनाएको हार्पर बजार इन्डियासँग कुरा गर्दै उनले भनिन् ।
‘हामीले ओभरवर्किङलाई सामान्य बनाएका छौँ । हामी बर्नआउटलाई प्रतिबद्धता सम्झन्छौँ । मानव शरीर र दिमागको लागि दिनको आठ घण्टा पर्याप्त हुन्छ । जब तपाईँ पूर्ण रूपमा स्वस्थ हुनुहुन्छ तब त मात्रै राम्रोसँग काम गर्न सक्नुहुन्छ ।’ दीपिका भनिन् । आफ्नो अफिसमा पनि सोमबारदेखि शुक्रबारसम्म आठ घण्टा काम गर्ने अनि मातृत्व र पितृत्वको लागि छुट्टाछुट्टै नीति भएको पनि उनले बताइन् । साना केटाकेटीलाई मातापिताको साथमा उनीहरूको कार्यालयमा लैजाने कुरालाई सामान्य बनाउनुपर्ने पनि उनले बताइन् ।
आमा बनेपछि दीपिका पादुकोणले काम र निजी जीवनबिच सन्तुलन कायम राख्न सुटिङ घण्टा आठ घण्टा मात्रै राख्न माग गरिन् । यही मागका कारण अभिनेत्रीलाई ठुला बजेटका दुई फिल्मबाट हटाइयो । पछिल्लो समय उनले भर्खरै आमा बनेका कामकाजी महिलाहरूले सामना गर्ने चुनौतीबारे बोलेकी थिइन् । नयाँ आमाहरूलाई काममा फर्कन सबैको सहयोग चाहिने भन्दै आफूले यही विषयमा ध्यान केन्द्रित गर्न चाहेको पनि उनले बताइन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
काठमाडौँ उपत्यकासहित ३१ जिल्लामा आकस्मिक बाढीको जोखिम
-
यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
-
निकुञ्जले बाँड्यो एक करोड २९ लाख राहत
-
सवारी चालक अनुमतिपत्र प्राप्त गर्न इजाजत प्राप्त चिकित्सकलाई मान्यता दिने व्यवस्था मिलाउन आग्रह
-
विश्वकप फाइनलमा हारपछि अर्जेन्टिनाका प्रशिक्षक स्कालोनी भावुक, पत्रकार सम्मेलनमा माफी माग्दै बाहिरिए
-
इंग्ल्याण्डले जित्यो शृङ्खला, रोहित शर्माको शतक व्यर्थ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण