विश्वप्रकाशले देउवालाई भने– निर्वाचनअघि महाधिवेशन नगरिए महामन्त्रीबाट राजीनामा दिन्छु
सारांश
- नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले फागुन २१ अघि महाधिवेशन नभए राजीनामा दिने चेतावनी दिएका छन्।
- शर्माले सभापति देउवालाई भेटेर विशेष महाधिवेशनको माग गर्दै २,४८८ प्रतिनिधिले बुझाएको हस्ताक्षरको बेवास्ता नगर्न आग्रह गरे।
- कांग्रेस विधानअनुसार विशेष महाधिवेशनको माग गर्दै ५४ प्रतिशत महाधिवेशन प्रतिनिधिले हस्ताक्षर बुझाइसकेका छन्।
काठमाडौँ । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले आगामी फागुन २१ गतेका लागि घोषित प्रतिनिधिसभा निर्वाचनअघि पार्टीको १५ औँ महाधिवेशन नभए महामन्त्री पदबाट राजीनामा दिने बताएका छन् ।
आइतबार सभापति शेरबहादुर देउवालाई भेटेर महामन्त्री शर्माले त्यस्तो चेतावनी दिएको शर्माले उनी निकट नेताहरूलाई बताएका छन् ।
निकटस्थ स्रोतका अनुसार शर्माले विधानअनुरूप विशेष महाधिवेशन माग गर्दै २ हजार ४ सय ८८ महाधिवेशन प्रतिनिधिले बुझाएको हस्ताक्षरलाई बेवास्ता गर्न नमिल्ने भन्दै निर्वाचन अघि महाधिवेशन नभए राजीनामा दिने बताएका हुन् ।
विधान अनुरूप गरिएको महाधिवेशन प्रतिनिधिहरूको हस्ताक्षर विपरीत हुने गरी पार्टीले निर्णय गरे महामन्त्री पदबाट राजीनामा गर्ने महामन्त्री शर्माले देउवालाई जानकारी दिएका हुन् ।
विधानअनुरूप विशेष महाधिवेशन बाध्यकारी भएको शर्माले देउवालाई जानकारी गराएको स्रोतले बतायो ।शर्माले त्यो जानकारी कार्यवाहक सभापति पूर्णबहादुर खड्कालाई जानकारी गराइसकेका नेताहरू बताउँछन् ।
कांग्रेस विधानको धारा १७ (२) मा केन्द्रीय समितिले विशेष महाधिवेशनको आवश्यकता देखेर निर्णय गरेमा वा ४० प्रतिशत महाधिवेशन प्रतिनिधिले हस्ताक्षर गरेर माग गरेमा विशेष महाधिवेशन बोलाउनुपर्ने व्यवस्था छ ।
विधानको यही धारा अन्तर्गत रहेर ५४ प्रतिशत महाधिवेशन प्रतिनिधिले हस्ताक्षर सङ्कलन गरेर कार्यवाहक सभापति खड्कालाई बुझाएका छन् ।
लिखित माग गरेको ३ महिनाभित्र बोलाउनुपर्ने व्यवस्था विधानमा भएकाले पुस मसान्तसम्म सकभर नियमित नभए विशेष महाधिवेशन गर्नुपर्ने देखिन्छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नेपालको कूटनीति कसले चलाइरहेको छ? : गैरे
-
स्ट्रेट अफ होर्मुजलाई छलेर तेल निर्यात गर्ने योजना तीव्र बनाउँदै पश्चिम एसियाका तेल उत्पादक देशहरू
-
द ब्रिटिस मोडल कलेजका पाँच विद्यार्थी ड्युक अफ एडिनबर्ग्स इन्टरनेशनल अवार्डबाट सम्मानित
-
खैरो हेरोइनसहित ४ जना पक्राउ
-
बलात्कार र अपहरणको मुद्दामा १८ वर्षपछि राम चन्दुर निर्दोष ठहर
-
त्रिभुवन विश्वविद्यालय : राजनीतिक भागबन्डादेखि सेवा आयोगको अग्निपरीक्षासम्म
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण