रोनाल्डोबिनाको पोर्चुगलद्वारा आर्मेनियामाथि गोल वर्षाः फर्नान्डेज र नेभेसको ह्याट्रिक
सारांश
- फिफा विश्वकप छनोटमा पोर्चुगलले आर्मेनियालाई ९-० गोलले पराजित गरेको छ।
- खेलमा ब्रुनो फर्नान्डेज र जोआओ नेभेसले ह्याट्रिक पूरा गरे, जसमा रोनाल्डो अनुपस्थित थिए।
- जितसँगै पोर्चुगल विश्वकप २०२६ को छनोटनजिक पुगेको छ र ठूलो जित दर्ता गरेको छ।
काठमाडौँ । फिफा विश्वकप छनोटअन्तर्गत आइतबार राति भएको खेलमा युरोपेली राष्ट्र पोर्चुगलले आर्मेनियामाथि ९–० को फराकिलो जित दर्ता गरेको छ ।
घरेलु मैदानमा भएको एकतर्फी खेलमा पोर्चुगलको जितमा ब्रुनो फर्नान्डेज र जोआओ नेभेसले ह्याट्रिक पूरा गरे । फिफा वरीयताको १०४औँ स्थानमा रहेको आर्मेनियाविरुद्ध पोर्चुगलले खेलभर पूर्ण दबदबा कायम गरेको थियो ।
पोर्चुगलका लागि यस खेलमा चार जना खेलाडीले गोल गरे । पोर्चुगलले खेलको सातौँ मिनेटमा रेनाटो भियगाको गोलबाट अग्रता लिएको थियो । त्यसपछि २८औं मिनेटमा गोन्जालो रामोसले गोल गर्दै अग्रता दोब्बर पारे ।
पोर्चुगलका लागि जोआओ नेभेसले खेलको ३०औँ, ४१औँ र ८१औँ मिनेटमा गोल गर्दै ह्याट्रिक पूरा गरे । पहिलो हाफमै दुई गोल गरेका उनले दोस्रो हाफमा एक गोल थपे ।
त्यस्तै, ब्रुनो फर्नान्डेजले पनि दुई पेनाल्टीसहित ह्याट्रिक गरेका थिए । उनले पहिलो हाफको इन्ज्युरी समय ४५ं, ५१ र ७२औं मिनेटमा गोल गर्दै आफ्नो ह्याट्रिक पूरा गरे । त्यस्तै अतिरिक्त समयमा फ्रान्सिस्को कोन्सिसाओले एक गोल थपेपछि पोर्चुगल समग्रमा ९–१ गोलअन्तरले विजयी भयो ।
आर्मेनियाका लागि भने १८औं मिनेटमा एडुगार्डले सान्त्वना गोल गरेका थिए ।
यस खेलमा पोर्चुगलका कप्तान तथा स्टार खेलाडी क्रिस्टियानो रोनाल्डो भने अनुपस्थित थिए । आयरल्यान्डविरुद्धको अघिल्लो खेलमा रातो कार्ड पाएका कारण उनी यस खेलमा खेल्न प्रतिबन्धित भएका थिए ।
जितसँगै पोर्चुगल विश्वकप २०२६ को छनोटनजिक पुगेको छ ।
पोर्चुगलले सबैभन्दा ठुलो जित (गोल अन्तरका आधारमा) २०२३ सेप्टेम्बर ११ मा दर्ता गरेको थियो । युरो २०२४ छनोट प्रतियोगितामा लक्जेम्बर्गलाई उसले ९–० ले हराएको थियो । उक्त जित निकाल्दा यसअघि तीन अलग–अलग अवसरमा बनाएको ८–० को पुरानो कीर्तिमान तोडेको थियो । त्यसपछि पोर्चुगलले आज अर्को महत्त्वपूर्ण र भारी गोलअन्तरको जित निकाल्न सफल भएको हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
इरानसँगको युद्धमा अमेरिकाले हालसम्म ३७.५ अर्ब डलर खर्च गरेको दाबी, थप बजेट माग
-
मेची भन्सारद्वारा १७ अर्ब ६७ करोड राजस्व सङ्कलन
-
बीपी स्मृति दिवसमै विभाजनको बाटोतिर कांग्रेस अग्रसर भएको हो ?
-
तस्बिरमा हेर्नुहोस् कांग्रेसको 'ग्रीन रन' प्रतियोगिता
-
दोलखामा पहिरो जाँदा एक व्यक्ति बेपत्ता
-
कांग्रेसको ग्रीन रन प्रतियोगिता शुभारम्भ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण