फेरि के भन्छिन् लालु यादवकी छोरी रोहिणी आचार्य ?
नयाँ दिल्ली । राजद प्रमुख लालुप्रसाद यादवकी छोरी रोहिणी आचार्यले आफ्ना भाइहरू मात्र छोडेको बताएकी छन् ।
आफूले आमाबाबु र दिदीबहिनीहरूसँगको सम्बन्ध नतोडेको उनले बताइन् ।
‘मेरो बुबा सधैँ मेरो साथमा रहनुभएको छ । मेरा आमाबाबु रोइरहेका थिए । मेरी दिदीबहिनीहरू पनि रोइरहेका थिए । भगवानले मलाई यो सौभाग्य दिए कि मैले यस्ता आमाबाबु पाएँ, जसले समय मलाई साथ दिए,' आइतबार पत्रकारसामु रोहिणीले भनिन् ।
जुन घरमा दाजुभाइ हुन्छन्, त्यहाँ दाजुभाइले पनि योगदान दिनुपर्ने उनले बताइन् । 'सारा बलिदान छोरीले सबै दिने ? अनि जब छोरीले केही प्रश्न सोध्छिन् तिमी आफ्नै पतिको घर जाऊ, तिम्रो बिहे भइसक्यो भन्नुहुन्छ,’ अझ अगाडि उनले भनिन् ।
हालै मात्र रोहिणीले परिवार र राजनीति दुवैसँग नाता तोडेको अभिव्यक्ति दिएपछि तरंग उत्पन्न भएको थियो ।
उनको यस भनाइपछि लालु यादवको परिवारभित्रको दरार छताछुल्ल भएको भन्दै अनेकौँ टिप्पणी भएका थिए । तर आइतबार फेरि रोहिणीले आफूले आफ्नो भाइसँग मात्रै नाता तोडेको भनेकी छन् ।
यो पनि
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण