एनडीएले पैसाको दममा जनादेश पायो: मुकेश सहनी
आइतबार, ३० कात्तिक २०८२, २३ : २३
सारांश
- वीआईपीका प्रमुख मुकेश सहनीले बिहार चुनावको नतिजालाई लिएर एनडीएलाई पैसाको बलमा जितेको आरोप लगाए।
- उनले चुनावमा हार-जित स्वभाविक भए पनि यो जनादेश नभएको र लोकतन्त्र संकटमा परेको बताए।
- सहनीले २०२९ को चुनावलाई लक्षित गर्दै लोकतन्त्र बचाउन पार्टीलाई अझै मजबुत बनाउने कुरा गरे।
काठमाडौँ । विकासशील इंसान पार्टी (वीआईपी) का प्रमुख मुकेश सहनीले बिहारको ताजा चुनाव परिणामबारे प्रतिक्रिया जनाएका छन्। उनले भारतीय जनता पार्टी (बीजेपी) नेतृत्व भएको एनडीए गठबन्धनलाई ‘पैसाको दममा जित हासिल गरेको’ आरोप लगाउँदै त्यसलाई जनादेश नभएको दाबी गरे।
सहनीले भने, ‘चुनावमा हार–जित त हुन्छ। महागठबन्धन सफल हुन सकेन, एनडीए सफल भयो हामी उनीहरूलाई बधाई दिन्छौँ। तर यो जनताको जनादेश हैन, पैसाको बलमा प्राप्त परिणाम हो। देशको लोकतन्त्र आज गम्भीर संकटमा छ।’
चुनावमै पैसाको प्रयोग भई मतदाताको मनोविज्ञान प्रभावित पारिएको उनको आरोप छ । सहनीले २०२९ को चुनावलाई लक्षित गर्दै लोकतन्त्र बचाउन आफ्नो पार्टी अझ मजबुत तयारीमा जुट्ने बताए।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
निर्माणाधीन घरमा दुई जनाको शव फेला
-
बागमतीका कृषि मन्त्री पौडेलले भने–अब सरकारको नेतृत्व जसको संख्या पुग्छ त्यसले गर्छ
-
उर्लाबारीबाट भरुवा बन्दुक र विस्फोटक पदार्थ बरामद
-
मध्यपहाडी राजमार्गको जयराम–हलेसी खण्ड मर्मतका लागि टेन्डर आह्वान
-
काठमाडौँ महानगरको आठ तले भवन २०८४ कात्तिकभित्र सक्ने लक्ष्य, ३५ प्रतिशत काम सम्पन्न
-
बागमती प्रदेशमा एमालेले लियो सरकारलाई दिएको समर्थन फिर्ता
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण