बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय
मासिक राशिफल

मङ्सिर महिनामा कुन राशिको चम्कनेछ भाग्य ? हेर्नुहोस् मासिक राशिफल

सोमबार, ०१ मङ्सिर २०८२, ०३ : ४२
सोमबार, ०१ मङ्सिर २०८२

सारांश

  • सूर्य र बुधको विभिन्न राशिमा गोचरले विभिन्न क्षेत्रमा प्रभाव पार्नेछ, जसले आर्थिक, स्वास्थ्य र सम्बन्धमा असर गर्नेछ।
  • मेष राशिका लागि राजनीतिमा कमजोर उपस्थिति, स्थायी सम्पत्तिमा विवाद र स्वास्थ्य समस्या देखिन सक्छ।
  • अन्य राशिहरूमा पदोन्नति, यात्रा, व्यापारमा वृद्धि, र प्रेम सम्बन्धमा सुधारको सम्भावना रहेको छ।

मेष (चू,चे,चो,ला,लि,लू,ले,लो,अ) 

मेष राशि हुनेहरूका लागि सूर्य र बुध कष्ट भावमा, शुक्र ९ गतेसम्म व्यापार भावमा र १० गतेबाट कष्ट भावमा, बृहस्पति र शनि क्रमशः सुख भावमा र खर्च भावमा, मङ्गल २१ गतेसम्म कष्ट भावमा र २२ गतेबाट भाग्य भावमा भावमा गोचर गरिहरेका छन् । माथि उल्लेखित ग्रह गोचरको अध्ययन तथा विश्लेषण गर्दा महिनाभर कष्ट भावमा गोचर गर्ने सूर्यले राजनीति तथा कल्याणकारी क्षेत्रमा जनताको सामु कमजोर उपस्थिति रहनेछ । स्थायी सम्पत्तिमा विवाद आउने योग रहेको छ भने दिदी बहिनी तथा आफन्तसँग अनावश्यक विवाद हुनेछ । महिनाभरि नै शनिको आद्य साढेसातीको प्रभाव रहने हुनाले श्वासप्रश्वास, आँखा तथा शिर सम्बन्धी समस्या आउने सम्भावना रहेको छ । प्रेसर, सुगर जस्ता रोगीहरूले विशेष ख्याल गर्नुहोला । शरीरमा आलस्य तथा अल्छीपना बढेर जानेछ । नशा, प्यारालाइसिस, ग्यास्ट्रिक तथा दीर्घ रोगीहरूले विशेष ख्याल गर्नुपर्नेछ । जन्म कुण्डलीमा शनि ग्रह कमजोर हुनेहरूले देवी पूजा, शनिमुद्रिका धारण, शनिस्त्रोत्र पाठ, पीपलमा जल चढाउने र रत्नको प्रयोग गर्दा राम्रो हुनेछ । यदि जन्म कुण्डलीमा शनि बलवान भए शुभ फल प्राप्त हुनेछ । तापनि बृहस्पति, बुध तथा शुक्रको ग्रहको अनुकूल प्रभाव रहनाले मौसमी सामानको व्यापारबाट मनग्गे धन आर्जन हुनेछ । शिक्षा क्षेत्र, सवारी साधन, निर्माण सामाग्री, अटोपार्टस तथा खनिज पदार्थजस्ता समानको व्यापारमा उल्लेख्य वृद्धि हुनेछ । प्राकृतिक स्रोत साधन तथा पैतृक धन सम्पत्तिको प्रयोग परिचालन मार्फत मनग्गे धन आर्जन गर्न सकिनेछ । कृषि तथा पशुपालन, शेयर बजार, बैक तथा वित्तीय क्षेत्रमा गरिएको लगानीबाट लाभ लिन सकिनेछ । नोकरीमा बढुवा वा सुगम स्थानमा स्थानान्तरण हुने ग्रहयोग रहेको छ । घरजग्गा तथा सवारी साधनको खरिद बिक्री गर्नेहरूका लागी समय शुभ रहेको छ ।

वृष (ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो )

वृष राशि हुनेहरूका लागि सूर्य र बुध व्यापार भावमा, शुक्र ९ गतेसम्म प्रतिस्पर्धा भावमा र १० गतेबाट व्यापार भावमा, बृहस्पति र शनि क्रमशः पराक्रम भावमा र लाभ भावमा, मङ्गल २१ गतेसम्म व्यापार भावमा र २२ गतेबाट कष्ट भावमा भावमा गोचर गरिहरेका छन् । माथि उल्लेखित ग्रह गोचरको अध्ययन तथा विश्लेषण गर्दा सरकारी तथा प्रशासनिक क्षेत्रमा पदोन्नति तथा जिम्मेवारी बढ्न सक्छ । छोटो वा लामो दुरीको धार्मिक तथा शैक्षिक यात्राको प्रशस्त सम्भावना रहेको छ । शुभ तथा माङ्गलिक सभा समारोहमा आफन्त तथा साथीहरूसँग सहभागी भई मिठा परिकार खादै रमाइलो गफ गरेर महिना कटाउन सकिनेछ । अग्रज तथा आफन्तको आशीर्वादले अगाडी बढ्न प्रोत्साहन गर्नेछ । अधुरा कामहरूलाई समय दिएर फत्ते गर्न सकिनेछ । पढाइ लेखाइ सुधार भएर जानेछ भने कुनै पनि प्रतिस्पर्धामा प्रतिस्पर्धिहरुलाई सजिलै हराउन सकिनेछ । अग्रज तथा आफन्तबाट आशीर्वाद प्राप्त हुनेछ । पराक्रम भावमा गोचर गर्ने बृहस्पति र आए भावमा गोचर गर्ने शनिको अनुकूल प्रभावले शैक्षिक सामाग्री, स्वास्थ्य सामाग्री, खाद्यान्न र निर्माण सामाग्रीको व्यापारमा उल्लेख्य वृद्धि हुनेछ । लामो समयदेखि रोकिएर बसेका कुनै पनि कामहरू सुचारु गर्न सकिनेछ । अटो पार्टस तथा इन्जिन,  ठेक्कापट्टा तथा राज्यसँग नजिक भएर गर्ने कामबाट प्रस्स्त आम्दानी हुनेछ । लेखन तथा साहित्यको क्षेत्रमा बाकी रहेका कामहरू पूरा गर्न सकिनेछ । लामो दुरीको साङ्गीतिक यात्राको प्रशस्त सम्भावना  रहेको छ । विदेशी लगानीबाट सञ्चालित संस्थामा काम पाउने तथा कर्म प्राप्तिको लागी विदेश यात्रा हुने योग रहेको छ । तर पनि २२ गतेबाट कष्ट भावमा प्रवेश गर्ने मङ्गलले शनिसँग दृष्टि सम्बन्ध स्थापित गर्ने हुनाले  सवारी साधनको प्रयोग गर्दा ध्यान दिनुहोला । शरीरमा घाउ तथा चोटपटकको लाग्ने योग रहेको छ । यात्रा गर्दा सावधानी अपनाउनु होला । राज्यसँग सम्बन्धित काममा ढिलासुस्तीको योग बन्नेछ ।

मिथुन (का,की,कू,घ,ङ,छ,के,को,हा) 

मिथुन राशि हुनेहरूका लागि सूर्य र बुध प्रतिस्पर्धा भावमा, शुक्र ९ गतेसम्म सन्तान भावमा र १० गतेबाट प्रतिस्पर्धा भावमा, बृहस्पति र शनि क्रमशः धन भावमा र राज्य भावमा, मङ्गल २१ गतेसम्म प्रतिस्पर्धा भावमा र २२ गतेबाट व्यापार भावमा भावमा गोचर गरिहरेका छन् । मिथुन राशि भएकाहरूका लागि यो महिना उत्तम रहेको छ । छैटौँ भावमा महिनाभर नै गोचर गर्ने सूर्य र बुधले साहसी काम गरेर अरूको मन जित्न सकिनेछ भने प्रतिस्पर्धीहरू पनि सहयोगी बन्नेछन् । नोकरीमा हुने प्रतिस्पर्धामा तपाईँको नाम अग्र स्थानमा आउनेछ । अदालत तथा न्यायालयबाट हुने निर्णयहरू तपाईँकै पक्षमा आउने हुँदा मन प्रसन्न हुनेछ । राजनीति तथा समाजसेवामा जनताको गतिलो समर्थन रहनेछ भने पद प्राप्तिको योग रहेको छ । मातापिता तथा आफन्तबाट आशीर्वाद पाइनेछ भने बाधा विरोध गर्नेहरू आफै किनारा लाग्नेछन् । धन भावमा गोचर गर्ने बृहस्पति तथा कर्म भावमा गोचर गर्ने शनिले स्वास्थ्य सामाग्री, खाद्यान्न, निर्माण सामाग्रीको व्यवसाय गर्नेहरूले भनेजस्तो आम्दानी गर्न सक्नेछन् । अल्झेर बसेका काम धन्दाहरू नियमित रूपमा सुचारु हुँदा काम गर्न जोस जाँगर बढेर आउनेछ । पढाइ लेखाइमा प्रविधिको प्रयोग गरी अरूलाई पछाडि छोड्दै तपाईँको नाम अग्र स्थानमा आउनेछ । प्रेम बन्धनमा बाँधिने गतिलो सम्भावना रहेको छ भने छुट्टिएका प्रेम सम्बन्धहरू पुनर्मिलन हुने योग रहेको छ  । प्रशासनिक तथा सरकारी क्षेत्रबाट विशेष फाइदा हुनेछ । तर पनि महिनाको तेस्रो साताबाट पति पत्नी भावमा गोचर गर्ने मङ्गलले दाम्पत्य जीवनमा  घटपटको योग बन्नेछ । साझेदारहरू बिच आर्थिक वा लेनदेनको विषयमा विवाद नहोला भन्न सकिन्न । छोटो दुरीको कष्टकर यात्रा हुन सक्छ ध्यान दिनुहोला ।

कर्कट(ही,हू,हे,हो,डा,डी,डु,डे,डो) 

कर्कट राशि हुनेहरूका लागि सूर्य र बुध सन्तान भावमा, शुक्र ९ गतेसम्म सुख भावमा र १० गतेबाट सन्तान भावमा, बृहस्पति र शनि क्रमशः राशिमा र भाग्य भावमा, मङ्गल २१ गतेसम्म विद्या भावमा र २२ गतेबाट प्रतिस्पर्धा भावमा भावमा गोचर गरिहरेका छन् । माथि उल्लेखित ग्रह गोचरको अध्ययन तथा विश्लेषण गर्दा यो महिना कर्कट राशि हुनेहरूका लागी मिश्रित समय रहेको छ । सन्तान तथा विद्या भावमा महिनाभर सूर्यको प्रभावले सन्तान तथा आफन्तसँग मनमुटाब बढ्नेछ । अध्ययनमा भनेजस्तो प्रगति गर्न नसकिए पनि प्रविधिको प्रयोग गरी सुधार गर्न सकिनेछ । पेट, आँखा तथा हड्डीमा समस्या आई औषधी उपचार खर्च बढ्नेछ । महिनाको तेस्रो  सातासम्म मङ्गलको प्रभाव सन्तान भावमा पर्ने हुनाले परिवार तथा सन्तानसँग मनमुटाब बढ्ने तथा छुट्टिएर यात्रा गर्नु पर्दा मन खिन्न हुनेछ । तर पनि महिनाभर नै बुध, शुक्र, बृहस्पति तथा शनिको अनुकूल प्रभाव रहनेछ । राज्य संयन्त्रको नजिक जस्तै निजामती, फौजी तथा संस्थानमा र प्राईभेट कम्पनीहरूमा काम गर्नेहरूका लागि समयले साथ दिनेछ । लेखन कलाको माध्यमबाट आफ्नो बिचारहरू जनमानसमा लैजान सकिनेछ । भौतिक तथा बिलासी वस्तुको कारोबार गर्नेहरूले मनग्गे धन सम्पत्ति जोड्न सक्नेछ । उपहार तथा चिट्ठा प्राप्तिको गतिलो योग रहेको छ । समयको सदुपयोग गर्दै परिवार तथा आफन्तका साथ समय व्यातित हुने तथा रमाइलो ठाउको भ्रमण हुनेछ । शेयर बजार तथा वित्तीय क्षेत्रको लगानीबाट थोरै भए पनि आम्दानी गर्न सकिनेछ ।  अध्ययन तथा कामको सिलसिलामा लामो दुरीको यात्राको तय हुनेछ । सञ्चार जगत्, स्टक एक्सचेन्ज, एकाउन्टेन्ट, व्यापार, कला, साहित्य र चलचित्र क्षेत्रमा काम गर्नेहरूका लागि यो महिना उत्तम रहेको छ ।

सिंह (मा,मी,मू,मे,मो,टा,टी,टू,टे)

सिंह राशि हुनेहरूका लागि सूर्य र बुध सुख भावमा, शुक्र ९ गतेसम्म पराक्रम भावमा र १० गतेबाट सुख भावमा, बृहस्पति र शनि क्रमशः खर्च भावमा र कष्ट भावमा, मङ्गल २१ गतेसम्म सुख भावमा र २२ गतेबाट सन्तान भावमा भावमा गोचर गरिहरेका छन् । माथि उल्लेखित ग्रह गोचरको अध्ययन तथा विश्लेषण गर्दा बुध, शुक्र अनुकूल प्रभावले प्राकृतिक स्रोत र पैतृक धन तथा सम्पत्तिको प्रयोग मार्फत आम्दानी बढाउन सकिनेछ । लेखन कलाको माध्यमबाट आफ्नो बिचारहरू जनमानसमा लैजान सकिनेछ । भौतिक तथा बिलासी वस्तुको कारोबार गर्नेहरूका लागी मनग्गे धन सम्पत्ति जोड्न सकिने समय रहेको छ । शेयर बजार तथा वित्तीय क्षेत्रमा आज गरिने लगानीबाट भनेजस्तो आम्दानी गर्न सकिनेछ । औषधीजन्य सामान, खाद्यान्न र निर्माण सामाग्रीसँग सम्बन्धित सामानको खरिद बिक्रीमा उल्लेख्य वृद्धि हुनेछ । तर पनि सुख भावमा महिनाभर सूर्यको प्रभावले राजनीति तथा समाजसेवामा जनताको समर्थन पाउन निकै नै मेहनत गर्नुपर्नेछ । राजनीतिकर्मी, समाजसेवी तथा घर जग्गाको कारोबार गर्ने व्यापारीहरूका लागी समय मध्यम रहेको छ । आफ्नो वा आमाको स्वास्थ्यमा समस्या आउन सक्छ ध्यान दिनुहोला । हड्डी र मुटुमा समस्या आउने तथा शरीरमा क्याल्सियमको कमी हुनसक्छ । मङ्गलको प्रतिकुल प्रभावले खर्च बढ्ने तथा वैदेशिक रोजगार सम्बन्धी काममा बिचौलियाको चङ्गुलमा परिनेछ । महिना भरि नै शनिको अडैया प्रभावले धन फस्ने तथा औषधी उपचारमा खर्च हुने ग्रहयोग रहेको छ । प्रेसर, सुगर जस्ता रोगीहरूले विशेष ख्याल गर्नुहोला । शरीरमा आलस्य तथा अल्छीपना बढेर जानेछ । नशा, प्यारालाइसिस, ग्यास्ट्रिक तथा दीर्घ रोगीहरूले विशेष ख्याल गर्नुपर्नेछ । जन्म कुण्डलीमा शनि ग्रह कमजोर हुनेहरूले देवी पूजा, शनिमुद्रिका धारण, शनिस्त्रोत्र पाठ, पीपलमा जल चढाउने र रत्नको प्रयोग गर्दा राम्रो हुनेछ । यदि जन्म कुण्डलीमा शनि बलवान भए शुभ फल प्राप्त हुनेछ ।

कन्या (टो,पा,पी,पु,ष,ण,ठ,पे,पो) 

कन्या राशि हुनेहरूका लागि सूर्य र बुध पराक्रम भावमा, शुक्र ९ गतेसम्म धन भावमा र १० गतेबाट पराक्रम भावमा, बृहस्पति र शनि क्रमशः आए भावमा र व्यापार भावमा, मङ्गल २१ गतेसम्म पराक्रम भावमा र २२ गतेबाट सुख भावमा भावमा गोचर गिरहेका छन् । कन्या राशि भएका व्यक्तिहरूका लागी यो महिना राम्रो रहेको छ । राजनीति तथा समाजसेवामा जनताको साथ तथा समर्थन प्राप्त हुने हुँदा राजनीतिकर्मी तथा कूटनीतिको क्षेत्रमा काम गर्नेहरूका लागी समय उत्तम रहेको छ । खेलाडी तथा पराक्रमी क्रियाकलाप समय लगानी गर्नेहरूले प्रशस्त धन तथा सम्पत्ति सङ्ग्रह गर्नेछन् । मुद्दा मामिला तथा न्यायालयबाट हुने न्याय सम्पादन तपाईँकै पक्षमा हुनेछन् । व्यापार भावमा शनिको अनुकूल प्रभावले ठेक्कापट्टा, कन्स्ट्रक्सन, निर्माण सामाग्री, औषधीजन्य सामान तथा अटोपार्टसको व्यापारबाट मनग्गे लाभ लिन  सकिनेछ । शुक्रको शुभ प्रभावले घरजग्गा तथा तथा सवारी साधन प्राप्ति हुनेछ । अध्ययनमा सफलता प्राप्त हुनेछ भने छोटो तथा रमाइलो यात्राको तय हुनेछ । जीवनशैलीमा सुधार हुनुको साथै समयको महत्त्व बुझ्दा अगाडी बढ्न सहज हुनेछ । वादविवाद तथा प्रतिस्पर्धामा प्रतिस्पर्धीहरूलाई सजिलै हराएर अगाडि बढ्न सकिनेछ । अन्धविश्वास तथा कुसंस्कारको विरुद्ध कलम चलाई समाजलाई शिक्षित पार्न तपाईँको लेखन कलाले महत्त्वपूर्ण भूमिका निर्वाह गर्नेछ । माया प्रेमका सम्बन्धहरू विवाहमा परिणत गर्ने सहमति जुट्नेछ । लेखक, पत्रकार, अध्ययन तथा अनुसन्धान कर्ता, वित्तीय क्षेत्रमा काम गर्ने लगानी कर्ता, कपडा व्यवसायी तथा कागजको काम गर्नेहरूका लागी समय उत्तम रहेको छ ।

तुला (रा,री,रु,रे,रो,ता,ती,तू,ते) 

तुला राशि हुनेहरूका लागि सूर्य र बुध धन भावमा, शुक्र ९ गतेसम्म राशिमा र १० गतेबाट धन भावमा, बृहस्पति र शनि क्रमशः राज्य भावमा र प्रतिस्पर्धा भावमा, मङ्गल २१ गतेसम्म धन भावमा र २२ गतेबाट पराक्रम भावमा भावमा गोचर गिरहेका छन् । दोस्रो भावमा गोचर गरिरहेको सूर्यको प्रतिकुल प्रभावले आउने अवसरहरूलाई पहिचान गर्न नसक्दा उपलब्धि हातबाट फुत्किनेछ । धन सम्पत्ति हराउने, लुटिने तथा स्थायी सम्पत्तिमा विवाद हुन सक्छ ध्यान दिनुहोला । टाउको, आँखा, पेट तथा छाती सम्बन्धी समस्याले नसताउला भन्न सकिन्न । होटल तथा रेष्टुरेन्टको क्षेत्रमा मन्दी आउनेछ । तर पनि अन्य ग्रहको अनुकूल प्रभावले साहित्य लेखन तथा सङ्गीतको क्षेत्रमा निखरता आउने तथा विशेष उपलब्धि हासिल हुनेछ । न्यायिक क्षेत्रमा काम गर्ने न्यायधिस, अधिवक्ता तथा नोकरीमा प्रतिस्पर्धा गर्नेहरूका लागी समय फलदायी रहनेछ । भौतिक बस्तु तथा सवारी साधनको कारोबार फस्टाएर जानेछ । उत्पादनमुखी तथा औषधीजन्य सामानको व्यापार व्यवसाय फस्टाएर जानेछ । अध्ययन तथा कामको सिलसिलामा लामो दुरीको यात्राको प्रशस्त सम्भावना रहेको छ । लामो समयदेखि दाजुभाइ बिच देखिएको असमझदारी हल भएर जानेछ । महिनाको अन्ततिर सवारी साधन तथा घरजग्गाको कारोबार हुने योग रहेको छ । माया प्रेममा रमाउन चाहनेहरूका लागी समयले साथ दिनेछ । कूटनीतिज्ञ, परराष्ट्रविद्, गायक, सङ्गीतकर्मी तथा राज्यको मेकानिजम् भित्र बसेर काम गर्नेहरूका लागी समय उत्तम रहेको छ ।

वृश्चिक(तो,ना,नी,नू,ने,नो,या,यी,यू) 

वृश्चिक राशि हुनेहरूका लागि सूर्य र बुध राशिमा, शुक्र ९ गतेसम्म खर्च भावमा र १० गतेबाट राशिमा, बृहस्पति र शनि क्रमशः भाग्य भावमा र सन्तान भावमा, मङ्गल २१ गतेसम्म राशिमा र २२ गतेबाट धन भावमा गोचर गिरहेका छन् । माथि उल्लेखित ग्रह गोचरको अध्ययन तथा विश्लेषण गर्दा यो महिना वृश्चिक राशि हुनेहरूका लागी समय मध्यम रहेको छ । खर्च अभावले हातमा आइसकेको काम रोकिनेछ भने व्यापार व्यवसायमा मन्दी आउनाले खल्ती रित्तिनेछ । आफन्त तथा अग्रजहरूसँग सानो सानो विषयमा विवाद सिर्जना हुने योग रहेको छ । कामहरू समयमा सम्पन्न नहुने तथा गल्ती गर्नाले दण्ड तथा जरिवाना तिर्नु पर्ने हुन सक्छ ध्यान दिनुहोला । सन्तान भावमा शनिको प्रतिकुल प्रभावले आफन्त तथा सन्तानसँग मनमुटाब बढ्ने तथा टाढिनु पर्दा मन खिन्न हुनेछ । अध्ययनमा रोकावट आउने तथा मनमा बेचैनले गतिलो डेरा जमाउनेछ । तर पनि बुध,शुक्र, बृहस्पतिको अनुकूल प्रभावले प्रभावले परराष्ट्र तथा कूटनीतिको क्षेत्रमा काम गर्नेहरूका लागी समयले साथ दिनेछ । नयाँ काम पाइने वा नोकरीमा बढुवा तथा सुगम स्थानमा स्थानान्तरण हुने योग रहेको छ । शेयर बजार तथा वित्तीय क्षेत्रको लगानीबाट भनेजस्तो आम्दानी गर्न सकिनेछ । शिक्षा क्षेत्रमा लगानी गर्नेहरूका लागी समय उत्तम रहेको छ । धार्मिक तथा शैक्षिक यात्राको गतिलो योग रहेको छ भने विदेशमा बसेर पेसा व्यवसाय गर्नेहरूका लागि समय उत्तम रहेको छ । खेलकुद तथा पराक्रमी क्रियाकलाप भाग लिई आम्दानी बढाउन  सकिनेछ । औषधि, निर्माण सामग्री र दैनिक उपभोग्य बस्तुको कारोबारमा उल्लेख्य वृद्धि हुनेछ । प्रेमलाई विवाहमा परिणत गर्ने सहमति जुट्नेछ । शुभ तथा माङ्गलिक कार्यमा सहभागी भई मिष्ठान्न भोजन ग्रहण गर्ने अवसर जुर्नेछ । समयको सदुपयोग गर्दै परिवार तथा आफन्तका साथ समय व्यातित हुने तथा रमाइलो ठाउको भ्रमण हुनेछ ।

धनु (ये,यो,भा,भी,भू,ध,फा,ढा,भे) 

धनु राशि हुनेहरूका लागी सूर्य र बुध खर्च भावमा, शुक्र ९ गतेसम्म आए भावमा र १० गतेबाट खर्च भावमा, बृहस्पति र शनि क्रमशः कष्ट भावमा र सुख भावमा, मङ्गल २१ गतेसम्म खर्च भावमा र २२ गतेबाट राशिमा गोचर गिरहेका छन् । माथि उल्लेखित ग्रह गोचरको अध्ययन तथा विश्लेषण गर्दा धनु राशि हुनेहरूका लागी व्यावहारिक तथा आर्थिक उतारचढाव आउनेछ । खर्च भावमा गोचर गर्ने सूर्यको प्रभावले औषधी उपचार खर्च बढ्नेछ । राज्यको नजिक रही काम गर्नेहरूले काममा ढिला सुस्ती तथा काम बिग्रने हुँदा राज्यलाई दण्ड जरिवाना तिर्नु पर्ने हुन सक्छ । राज्यको नुन खाएकाहरूले नियम सङ्गत काम गर्न नसक्दा नोकरीमा असजिलो परिस्थितिको सामना गर्नु पर्नेछ । महिनाको तेस्रो सातासम्म खर्च भावमा गोचर गर्ने मङ्गलले यात्रा गर्दा वा सवारी साधनको प्रयोग तथा परिचालन गर्दा ख्याल गर्नुपर्नेछ । घरजग्गा तथा पैतृक सम्पत्तिमा विवाद आउनेछ । महिना भरि नै शनिको अडैया र कष्ट भावमा गोचर गर्ने बृहस्पतिको प्रतिकुल प्रभावले धन फस्ने तथा औषधी उपचारमा खर्च हुने ग्रहयोग रहेको छ । प्रेसर, सुगर जस्ता रोगीहरूले विशेष ख्याल गर्नुहोला । शरीरमा आलस्य तथा अल्छीपना बढेर जानेछ । नशा, प्यारालाइसिस, ग्यास्ट्रिक तथा दीर्घ रोगीहरूले विशेष ख्याल गर्नुपर्नेछ । जन्म कुण्डलीमा शनि ग्रह कमजोर हुनेहरूले देवी पूजा, शनिमुद्रिका धारण, शनिस्त्रोत्र पाठ, पीपलमा जल चढाउने र रत्नको प्रयोग गर्दा राम्रो हुनेछ । यदि जन्म कुण्डलीमा शनि बलवान भए शुभ फल प्राप्त हुनेछ । तर पनि बुध, शुक्र र केही समय मङ्गलको अनुकूल प्रभाव रहनेछ । लामो समयदेखि थाती रहेका कामहरू सुचारु गर्न सकिनेछ । लेखन तथा कला क्षेत्रमा बाकी रहेको कामलाई फत्ते गर्दै जनमानसमा लैजान सकिनेछ । भाग्यले प्रेम पात्र जुराउनेछ भने प्रेममा रहेकोहरुका लागि आफन्त तथा परिवारका सदस्यबाट वैधानिकता प्राप्त हुनेछ । विदेशी समानको व्यापार, महँगा तथा ब्राण्डेड सामान, पहिरन, शैक्षिक सामाग्री तथा गरगहनाको व्यवसायमा समय लगानी गर्नेहरूका लागी महिना फलदायी रहनेछ । कुटुम्ब तथा आफन्तबाट धन तथा सम्पत्ति लाभ हुने ग्रहयोग रहेको छ।

मकर (भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी) 

मकर राशि हुनेहरूका लागि सूर्य र बुध आए भावमा, शुक्र ९ गतेसम्म राज्य भावमा र १० गतेबाट आए भावमा, बृहस्पति र शनि क्रमशः व्यापार भावमा र पराक्रम भावमा, मङ्गल २१ गतेसम्म आए भावमा र २२ गतेबाट खर्च भावमा गोचर गरिरहेका छन् । माथि उल्लेखित ग्रह गोचरको अध्ययन तथा विश्लेषण गर्दा मकर राशि हुनेहरूका लागी यो महिना केही छिटपुट नराम्रा घटना बाहेक उत्तम रहेको छ । महिनाभर लाभ भावमा गोचर गर्ने सूर्य र अन्य ग्रहको अनुकूल प्रभाव रहनेछ । समाजमा राम्रा काम गर्न सकिने हुनाले उचाइ बढ्नेछ । राज्यबाट पद प्राप्तिको गतिलो योग रहेको छ भने मान सम्मान इज्जत प्रतिष्ठामा वृद्धि भएर जानेछ । प्राकृतिक स्रोत साधन जस्तै खनिज पदार्थ, तरल पदार्थको कारोबारबाट मनग्गे धन सम्पत्ति आर्जन गर्न सकिनेछ । आकस्मिक लाभ तथा आभूषण प्राप्तिको गतिलो योग रहेको छ । लामो दुरीको शैक्षिक यात्राको योग रहेको छ । बृहस्पति, शनि, बुध, मङ्गल तथा शुक्रको अनुकूल प्रभावले तपाईँको कार्यकुशलताको सबैले तारिफ गर्नेछन् । कुटुम्ब तथा आफन्तबाट धन तथा सम्पत्ति लाभ हुने ग्रहयोग रहेको छ । मेलमिलाप तथा भाइचाराको सम्बन्ध स्थापनामा तपाईँको भूमिका महत्त्वपूर्ण हुनेछ । पैतृक धन तथा प्राकृतिक स्रोत साधनको प्रयोग गरी समाजमा दाम तथा नाम दुवै कमाउन सकिनेछ । माया प्रेममा नजिक हुन सकिने तथा जीवन साथीको सहयोगले राम्रा तथा परिणाममुखी कार्य सकिनेछ । लेखन कला तथा साहित्य क्षेत्रमा समय लगानी गर्नेहरूका लागी समय फलदायी रहनेछ । राजनीतिकर्मी, खेलाडी, पत्रकार तथा विद्यार्थीहरूका लागि समय उत्तम रहेको छ । नोकरी पाउने तथा पदोन्नतिको गतिलो योग रहेको छ । महिनाको अन्ततिर मङ्गलको प्रतिकुल प्रभावले सवारी साधनको प्रयोग गर्दा ध्यान दिनु पर्नेछ । वैदेशिक क्षेत्रसँग सम्बन्धित काममा बिचौलियाले फसाउन सक्छन् ध्यान दिनुहोला ।

कुम्भ (गू,गे,गो,सा,सी,सू,से,सो,दा) 

कुम्भ राशि हुनेहरूका लागी सूर्य र बुध राज्य भावमा, शुक्र ९ गतेसम्म भाग्य भावमा र १० गतेबाट राज्य भावमा, बृहस्पति र शनि क्रमशः प्रतिस्पर्धा भावमा र धन भावमा, मङ्गल २१ गतेसम्म राज्य भावमा र २२ गतेबाट लाभ भावमा गोचर गिरहेका छन् । माथि उल्लेखित ग्रह गोचरको अध्ययन तथा विश्लेषण गर्दा यो महिना कुम्भ राशि हुनेहरूका लागी समय उत्तम रहेको छ । महिनाभर राज्य भावमा गोचर गर्ने सूर्यले राजनीतिकर्मी तथा कूटनीतिको क्षेत्रमा समय लगानी गर्नेहरूले उच्च पद पाउने गतिलो योग रहेको छ । प्रशासनिक क्षेत्रमा सामेल भई सामाजिक काम गर्ने अवसर प्राप्त हुने हुँदा मान सम्मान तथा इज्जत प्रतिष्ठामा वृद्धि भएर जानेछ । नीति निर्माण तहमा तपाईँको सम्मानजनक उपस्थिति रहनेछ भने यो महिना गरिने निर्णयहरू सबैलाई मान्य हुनेछ । नोकरी पाउने तथा पदोन्नतिको गतिलो योग रहेको छ । शुक्र, बुध तथा मङ्गलको अनुकूल प्रभावले घरजग्गा तथा सवारी साधन जोड्न सकिनेछ । सुरक्षा संयन्त्रमा प्रवेश तथा पदोन्नतिको गतिलो योग रहेको छ । पढाइ लेखाइमा प्रतिस्पर्धीहरूलाई किनारा लगाउँदै नतिजा आफ्नो पोल्टोमा पार्न सकिनेछ । पति पत्नी बिचको सम्बन्ध सुदृढ हुनुको साथै माया प्रेमको गाँठो कसिलो भएर जानेछ । कला साहित्य तथा गीत सङ्गीतमा विशेष रुचि बढ्नेछ । पारिवारिक जमघटमा सहभागी भई मिठो मसिनो भोजन ग्रहण गर्ने अवसर प्राप्त हुनेछ । व्यापार व्यवसायमा समय लगानी गर्ने व्यापारीहरूका लागी समय उत्तम रहेको छ । मातापिता तथा अग्रबाट आशीर्वाद तथा सहयोग पाइनेछ । तर पनि शनिको अन्त्य शाढेसातीको प्रभाव महिनाभर रहनेछ । जन्म कुण्डलीमा शनि कमजोर हुनेहरूका लागी खानपान तथा बाहिरी वातावरणमा ध्यान दिनुहोला । शरीरमा आलस्य तथा अल्छीपना बढेर जानेछ । नशा, प्यारालाइसिस, ग्यास्ट्रिक तथा दीर्घ रोगीहरूले विशेष ख्याल गर्नुहोला । रोग भावमा बृहस्पतिको प्रतिकुलताले ऋण, रोग तथा शत्रुको सामना गर्नु पर्ने हुन सक्छ । यदि जन्म कुण्डलीमा शनि ग्रह कमजोर हुनेहरूले देवी पूजा, शनिमुद्रिका धारण, शनिस्त्रोत्र पाठ, पीपलमा जल चढाउने र रत्नको प्रयोग गर्दा राम्रो हुनेछ ।

मीन (दी,दू,थ,झ,ञ,दे,दो,चा,ची) 

मीन राशि हुनेहरूका लागि सूर्य र बुध भाग्य भावमा, शुक्र ९ गतेसम्म कष्ट भावमा र १० गतेबाट भाग्य भावमा, बृहस्पति र शनि क्रमशः विद्या भावमा र राशिमा, मङ्गल २१ गतेसम्म भाग्य भावमा र २२ गतेबाट राज्य भावमा गोचर गिरहेका छन् । भाग्य भावमा महिनाभर नै गोचर गर्ने सूर्यको प्रतिकुल प्रभावको कारणले घर गृहस्थीमा व्यावहारिक कुरा नमिल्दा केहि असहज परिस्थितिको सिर्जना नहोला भन्न सकिन्न । औषधिजन्य तथा खाद्यान्नसँग सम्बन्धित व्यापारमा वृद्धि भए पनि अन्य व्यापारमा मन्दी आउनेछ । शनिको मध्य साढेसातीको प्रभाव महिनाभर नै रहने हुनाले र जन्म कुण्डलीमा शनि कमजोर हुनेहरूलाई श्वासप्रश्वास, आँखा, टाउको सम्बन्धी समस्या आउने सम्भावना रहेको छ । दीर्घ रोग जस्तै प्रेसर,सुगर जस्ता रोगीहरूले विशेष ख्याल गर्नुहोला । भौतिक सम्पत्ति वा सवारी साधनको प्रयोग गर्दा ध्यान नदिए दुर्घटना नहोला भन्न सकिन्न । व्यापारमा सामान्य मन्दी आउनेछ । श्रीमान् श्रीमती बिच घरायसी कुरा नमिल्दा सामान्य मनमुटाब  सिर्जना नहोला भन्न सकिन्न । तर पनि सङ्घर्षका बाबजुद, राजनीति तथा समाजसेवामा समय लगानी गर्नेहरूका लागी राज्यबाट पद प्राप्तिको योग रहेको छ । सरकारी जागिरेहरूले बढुवा तथा सुगम स्थानमा स्थानान्तरणको प्रशस्त सम्भावना रहेको छ । ठुलाबडा तथा विशिष्ट व्यक्तिहरूको आशीर्वाद पाइने हुँदा मन प्रसन्न हुनेछ । बुध तथा शुक्र तथा अन्य ग्रहको अनुकूल प्रभावले गीतकार, सङ्गीतकार तथा साहित्यको क्षेत्रमा काम गर्नेहरूका लागि समय फलदायी रहनेछ । माया प्रेममा रमाउन चाहनेहरूका लागी महिना शुभ रहेको छ भने लगनगाँठो कसिने योग रहेको छ । आफन्त तथा दाजुभाइको सहयोग रहनेछ भने छोटो दुरीको रमाइलो यात्राको तय हुनेछ । सामाजिक सञ्जाल तथा प्रविधिको प्रयोग मार्फत आफ्ना विचारहरू जनमानसमा लैजान सकिनेछ । शेयर बजार तथा वित्तीय क्षेत्रमा गरिने लगानीबाट भनेजस्तो आम्दानी गर्न सकिनेछ । यो महिना सञ्चार, कम्प्युटर, विज्ञान तथा प्रविधि, रिसर्च, प्राविधिक काममा समय लगानी गर्नेहरूका लागी समय उत्तम रहनेछ ।

तपाईँको महिना शुभ रहोस् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

दुर्गा प्रसाद भण्डारी
दुर्गा प्रसाद भण्डारी
लेखकबाट थप