कर्णाली मन्त्रिपरिषद् बैठक : के-के भयो निर्णय ?
सारांश
- कर्णाली प्रदेश मन्त्रिपरिषद् बैठकले प्रशासनिक सुधार र सामाजिक सुरक्षा सम्बन्धी महत्वपूर्ण निर्णय गरेको छ।
- बैठकले मन्त्रिपरिषद्को कार्यालय र प्रदेश प्रशिक्षण प्रतिष्ठानको संगठन संरचना स्वीकृत गर्यो, जसले प्रशासनिक खर्च घटाउनेछ।
- बालविवाह अन्त्यका लागि विस्तृत रणनीति र सहिद स्मृति भत्ताका लागि रकम विनियोजन गर्ने निर्णय गरियो।
सुर्खेत । कर्णाली प्रदेश मन्त्रिपरिषद् बैठकले प्रशासनिक सुधारदेखि सामाजिक सुरक्षासम्मका केही महत्वपूर्ण निर्णयहरू गरेको छ।
सोमबार बिहान बसेको बैठकले मन्त्रिपरिषद्को कार्यालय र प्रदेश प्रशिक्षण प्रतिष्ठानको संगठन संरचना तथा दरबन्दी स्वीकृत गर्ने निर्णय गरेको सरकारका प्रवक्ता विनाेद कुमार शाहले जानकारी दिए ।
यसैगरी आन्तरिक मामिला तथा कानून मन्त्रालयलाई मुख्यमन्त्री कार्यालयमा गाभेर नयाँ संरचना तयार गरिएको छ । यसले प्रशासनिक खर्चमा वार्षिक ३ करोड रुपैयाँ बचत हुने प्रदेश सरकारको अनुमान छ। त्यस्तै, प्रदेश प्रशिक्षण प्रतिष्ठानका लागि कार्यकारी निर्देशकसहित १४ जना दरबन्दी स्वीकृत गरिएको छ।
यससँगै प्रदेश सरकार कार्यविभाजन नियमावली २०७४ मा संशोधन गर्ने निर्णय भएको छ। संशोधनपछि आन्तरिक मामिला तथा कानून मन्त्रालयका काम तथा प्रक्रिया थप स्पष्ट र व्यवस्थित हुने विश्वास गरिएको छ।
बैठकले कर्णाली खर्च मापदण्ड २०८२ स्वीकृत गर्दै चालु तथा प्रशासनिक खर्चलाई संघीय कानुनअनुसार मितव्ययी बनाउने नीतिगत निर्णय गरेको छ। सार्वजनिक खर्चलाई पारदर्शी र उत्तरदायी बनाउने उद्देश्यले यो मापदण्ड लागू हुने शाहले बताए ।
यसैगरी बालविवाह अन्त्यका लागि कर्णाली प्रदेशले २०८२ सालको विस्तृत रणनीति स्वीकृत गरेको गरेको छ। प्रदेशका दुर्गम स्थानमा बालविवाह रोकथाम तथा सचेतनामूलक कार्यक्रमलाई संस्थागत रूपमा अघि बढाउने तयारी यसअन्तर्गत रहनेछ।
त्यस्तै, कर्णाली प्रदेश प्रशिक्षण प्रतिष्ठानको कार्यकारी निर्देशकको रुपमा सुरेन्द्रबहादुर शाहीलाई ६ महिनाका लागि नियुक्त गर्ने निर्णय बैठकले गरेको छ।
यसैगरी वार्षिक कार्यक्रम तथा विनियोजन ऐनअनुसार सहिद स्मृति भत्ता तथा जीवन निर्वाह भत्ताका लागि कुल ४ करोड ६५ लाख ५२ हजार रुपैयाँ सम्बन्धित स्थानीय तहलाई अख्तियार दिने निर्णय गरिएको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
चिकित्सक लाइसेन्स परीक्षामा ‘सिएमसी’ उत्कृष्ट
-
एचआइभी एड्स सङ्क्रमितलाई सामाजिक विभेद अझै चुनौती
-
इरानसँग सम्बन्ध रहेको आरोपमा बहराइनमा १५ जना पक्राउ
-
भक्तपुरमा श्रीमानद्वारा श्रीमतीको हत्या
-
ऊर्जा सङ्कटबिच जापानको नवीकरणीय ऊर्जा विस्तारमा जोड
-
१२ बजे १२ समाचार: विरोधी तह लगाउने अस्त्र बन्दै ‘सम्पत्ति शुद्धीकरण’ देखि लुम्बिनीमा मन्त्रिपरिषद् पुनर्गठनसम्म
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण