बजार अनुगमनका क्रममा साढे ११ लाख बराबरको अखाद्य वस्तु नष्ट, १७ व्यवसायीविरुद्ध मुद्दा दायर
सारांश
- खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले बजार अनुगमनका क्रममा ११ लाखभन्दा बढीको अखाद्य वस्तु जफत गरी नष्ट गर्यो।
- खाद्य स्वच्छता तथा गुणस्तर ऐन विपरीत कार्य गर्ने १७ व्यवसायीविरुद्ध मुद्दा दायर गरिएको छ।
- अनुगमनमा उपभोग्य मिति नाघेका, अनुमति नलिएका र लेबल नभएका खाद्य पदार्थ नष्ट गरियो।
काठमाडौँ । खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले चालु आर्थिक वर्षको प्रथम त्रैमास (साउनदेखि असोजसम्म) बजार अनुगमनका क्रममा साढे ११ लाखभन्दा बढी मूल्यको अखाद्य वस्तु जफत गरी नष्ट गरेको छ ।
विभागले सार्वजनिक गरेको प्रथम त्रैमासिक प्रगति प्रतिवेदनअनुसार, खाद्य स्वच्छता तथा गुणस्तर ऐन विपरीतका गतिविधिमा संलग्न १७ व्यवसायीविरुद्ध मुद्दा दायर गरिएको छ ।
विभागकाअनुसार आर्थिक वर्ष २०८२/८३ को साउनदेखि असोज मसान्तसम्मको अवधिमा विभाग र मातहतका ४३ कार्यालयबाट २,९१८ पटक बजार अनुगमन गरिएको थियो । विशेषगरी चाडपर्वलाई लक्षित गरी गरिएको अनुगमनका क्रममा उपभोग्य मिति समाप्त भएका, खाद्य अनुमति पत्र नलिएका र पूर्ण लेबल विवरण नभएका ११ लाख ५६ हजार २०६ रुपैयाँ बराबरका खाद्य पदार्थ नष्ट गरिएको हो । नष्ट गरिएका वस्तुहरूमा मिठाई, पेय पदार्थ, मसला, खाद्यान्न, बियर, मैदा, सुजी दालमोठ, चिप्स, तेल, जुस जस्ता सामग्री थिए ।
सबैभन्दा धेरै पिउने पानीको गुणस्तर प्रतिकुल
आर्थिक वर्ष २०८२र८३ को प्रथम त्रैमासिक अवधिमा खाद्य उद्योग तथा बजार निरीक्षण अनुगमन गरी ऐन नियमानुसार जम्मा ५६६ नमुनाहरू संकलन भएको थियो। संकलित नमुनाहरू मध्ये ३३२ वटा नमुनाहरूको गुणस्तर विश्लेषण परीक्षण भएको थियो । यसमध्ये खाद्यान्न/दलहनका ११७ वटा, प्रशोधित पिउने पानीका ३५ वटा, फल तथा सागपात जन्य पदार्थका २८ वटा, तेल तथा घ्यूजन्य पदार्थका ४९ वटा, मसलाका २९ वटा, दुध तथा दुग्ध पदार्थका २९ वटा, चियारकफीका १३ वटा, गुलियो पदार्थरकन्फेक्सनरीका १५ वटा, मासु तथा मासुजन्य पदार्थ २ वटा, नुनको १ वटा र अन्य खाद्य पदार्थका १४ वटा नमुनाहरू रहेकोमा विश्लेषण परीक्षण गर्दा दुध तथा दुग्ध पदार्थको १ वटा, प्रशोधित पिउने पानीका ४ वटा, तेल तथा घ्यू जन्य पदार्थको १ वटा र खाद्यान्न तथा दलहनका ५ वटा गरी जम्मा ११ वटा ९३।३१५० नमुनाहरूको परीक्षण प्रतिवेदन प्रतिकूल पाइएको थियो।
तेलघ्युका मुद्दा धेरै
आर्थिक वर्ष २०८२र८३ को प्रथम त्रैमासिक अवधिमा खाद्य ऐन तथा नियम अनुसार न्यूनस्तर तथा दूषित उत्पादन तथा बिक्री वितरण गरेको कसूरमा जम्मा १७ थान मुद्दा विभिन्न जिल्ला प्रशासन कार्यालय तथा जिल्ला अदालतमा दायर गरिएको थियो। दायर गरिएका १७ मुद्दा मध्ये तेल तथा घ्यूजन्य पदार्थका ११ वटा, दुध तथा दुग्ध पदार्थका १ वटा, फल तथा सागपात जन्य पदार्थका २ वटा, खाद्यान्न/दलहनको १ वटा, मसलाको १ वटा र चिया/कफीका १ वटा गरी जम्मा १७ वटा खाद्य पदार्थका रहेका थिए। उक्त दायर गरिएका १७ मुद्दा मध्ये १५ वटा न्यून गुणस्तरका र २ वटा लेबल सम्बन्धीका मुद्दाहरू थिए।
आर्थिक वर्ष २०८२/८३ को प्रथम त्रैमासिक अवधिमा स्वच्छता सर्भिलेन्सका अन्तर्गत ९०० वटा नमुनाहरू संकलन गरिएको थियो।
आर्थिक वर्ष २०८२/८३ को प्रथम त्रैमासिक अवधिमा खाद्यर दाना उद्योग, होटल रेष्टुरेण्ट, राजमार्गका होटल अनुगमन तथा उजुरी उपर तत्काल सम्बोधन टोलीमार्फत कारबाही लगायत जम्मा २९१८ पटक निरीक्षण अनुगमन गरिएको थियो। यस प्रथम त्रैमासिक अवधिमा नयाँ उद्योगको अनुज्ञापत्र जारी २६० वटा, उद्योग अनुज्ञापत्र नवीकरण १८१ वटा तथा नयाँ उद्योग स्थापना गर्न सिफारिस ३४८ वटा गरी जम्मा ७८९ वटा उद्योगलाई नियमन गरिएको छ।
खाद्य आयातमा ५४ वटा कन्साइन्मेन्टहरुको अनुमति अस्वीकृत
आर्थिक वर्ष २०८२/८३ को प्रथम त्रैमासिक अवधिमा जम्मा ५,६४९ वटा खाद्य पदार्थको आयात अनुमति पत्र जारी गरिएको थियो। यस वर्ष आवश्यक कागजात पूरा नभएका जाइफल, तुर दाल, केराउ रस्गुल्ला, राजभोग, गुलाब जामुन, खाद्यान्न/दलहन, रसबरी, मात्र, चिप्स लगायतका विविध खाद्य पदार्थहरू गरी ५४ वटा कन्साइन्मेन्टहरुको अनुमति अस्वीकृत गरिएको थियो। खाद्य पदार्थको आयात अनुमति पत्र जारी गर्ने कार्य नेपाल राष्ट्रिय एकद्वार प्रणालीबाट अनलाइन मार्फत सेवा दिने कार्य भइरहेको छ।
यस प्रथम त्रैमासिक अवधिमा १२ वटा विभिन्न नाकामा रहेका खाद्य आयात निर्यात गुणस्तर प्रमाणीकरण कार्यालयहरूमा १४,५५९ वटा प्राप्त भई सोको जाँच विश्लेषण गरी नियमन गरिएकोमा १६ वटा नमुना प्रतिकुल पाइएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रथम मेयर कप फुटबल प्रतियोगिताको उपाधि सुर्खेतलाई
-
विदेश पठाउने नाममा २९ लाख ठगी गर्ने दुई जना पक्राउ
-
सचिव पुष्कर नियन्त्रण प्रकरण: प्रहरीले थमाएको थियो जरुरी पक्राउ पुर्जी
-
सशस्त्रका ७ डिआइजीको सरुवा, ७ जनाको पदस्थापन
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
दिल्लीको उच्चस्तरीय भेटघाट सकेर लखनउ पुगे रवि लामिछाने, विमानस्थलमा उत्तर प्रदेशका उपमुख्यमन्त्रीले गरे स्वागत
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण