लुम्बिनी लायन्ससँग जोडियो नेपाटप
काठमाडौँ । निर्माण सामाग्री उत्पादन एवं वितरणमा छुट्टै पहिचान बनाउन सफल कम्पनी नेपाटप अर्गनाईजेशन आजदेखि शुरु दोस्रो नेपाल प्रिमियर लिगमा लुम्बिनी लायन्ससँग जोडिएको छ । नेपाटप अर्गनाईजेशनका अध्यक्ष दीपक श्रेष्ठ र लुम्बिनी लायन्सका अध्यक्ष ईश्वर जि.सी.ले सहमतिपत्रमा हस्ताक्षर गरेका हुन् ।
सम्झौतापछि लुम्बिनी लायन्सका अध्यक्ष ईश्वर जि.सी.ले नेपाटप जस्तो प्रतिष्ठित ब्राण्डसँगको साझेदारीले टोलिलाई यो सिजनमा थप हौसला प्रदान गर्ने एवं खेलकुदमा नीजि एवं व्यवसायिक क्षेत्रको प्रवेशमा अझ फराकिलो आधार तयार गर्ने धारणा व्यक्त गरे ।
नेपाटप अर्गनाईजेशनका अध्यक्ष दीपक श्रेष्ठले पछिल्लो समय सबै पुस्तामा लोकप्रिय रहेको क्रिकेट खेलको विकासमा बुद्धभुमिको सन्देश बोकेको लुम्बिनी लायन्ससँग जोडिन पाएकोमा खुशी व्यक्त गर्दै खेलकुद प्रर्वद्धन मार्फत समाजलाई एकताको सकारात्मक सन्देश दिने एवं स्थानीय युवाहरुको प्रतिभा प्रष्फुटन गराउने कार्यमा कम्पनीको सदैव साथ रहने घोषणा गरे ।
पछिल्लो समय क्रिकेट प्रतियोगिता मार्फत खेलकुदमा जोडिएको नेपाटप वाटर टैंक, पि.पि.आर. पाइप तथा फिटिङ्गस्, यु.पि.भि.सी. पाइप तथा फिटिङ्गस्, सि.पि.भि.सी. पाइप तथा फिटिङ्गस्, यु.पि.भि.सी. झ्याल ढोका, एच.डि.पि.ई. पाइप, डि.डब्ल्यु, सि. पाइप, स्टेनलेस स्टिल पाइप, स्टेनलेस स्टिल टैंक लगायतका विभिन्न निर्माण सामाग्री उत्पादन तथा पानी तान्ने पम्प, ग्याँस गिजर, ईलेक्ट्रिक गिजर लगायतका सामाग्रीहरु वितरण गरिरहेको स्वदेशी बजारमा प्रचलित ब्राण्ड हो ।
सहमतिपत्रमा हस्ताक्षर कार्यक्रममा नेपाटप अर्गनाईजेशनका प्रबन्ध निर्देशक अमृत प्रसाद द्धा, बरिष्ठ बजार व्यवस्थापक विनोद महत एवं लुम्बिनी लायन्सका प्रमुख कार्यकारी अधिकृत भावना घिमिरेको उपस्थिति रहेको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कांग्रेस एकताबद्ध नभए लोकतन्त्र र संविधान सुरक्षित रहँदैन : गोविन्द भट्टराई
-
तस्बिरमा हेर्नुहोस् बीपी स्मृति दिवसमा देउवा समूहको कार्यक्रम
-
अमेरिका–इरान युद्धले विश्व तेल प्रशोधन उद्योगमा गहिरियो संकट, कहाँ पुग्ला तेलको भाउ ?
-
चन्द्र ढकालकाे ‘फेक भिडियाे’ बनाएर भ्रम फैलाइयाे
-
बीपी स्मृति ‘ग्रीन रन’मा १ हजार ७६० प्रतिस्पर्धी सहभागी
-
बाँदरले पनि मानिससरह ज्यामितीय आकार बुझ्न सक्छ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण