एनपीएलको उद्घाटन खेलमा डिफेन्डिङ च्याम्पियनको सामान्य लक्ष्य
सोमबार, ०१ मङ्सिर २०८२, १७ : ४८
काठमाडौंँ । सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपीएल) को दोस्रो सिजनको खेलहरू आजबाट सुरु भएका छन् ।
उद्घाटन खेलमा टस हारेर ब्याटिङमा उत्रिएको डिफेन्डिङ च्याम्पियन जनकपुर बोल्ट्सले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै काठमाडौँ गुर्खाजलाई १३१ रनको विजयी लक्ष्य दिएको छ ।
मार्की खेलाडी आसिफ शेखले अर्धशतकीय पारी खेले पनि जनकपुरले सामान्य लक्ष्य दिन सक्यो । जनकपुरका लागि मयन यादवले ३४ र लाहिरु समारुकुनले २२ रन बनाए ।
काठमाडौँ गोर्खाजका अमेरिकी खेलाडी मिलिन्द कुमारले ३ विकेट लिएपछि जनकपुर १३० रनमै रोकिएको हो ।
जनकपुरका लागि कप्तान अनिल साहले आजको खेलमा खाता नै खोल्न सकेनन् भने ४ खेलाडीले दोहोरो अंकमा रन बनाउन सकेनन् । काठमाडौँका लागि कप्तान करण केसी, साहब आलम र सन्तोष यादवले एक–एक विकेट लिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१० बजे १० समाचार : विभाजनको बाटोमा कांग्रेस, सहकार्यको प्रयासमा ओली-प्रचण्ड
-
हर्मुज तनावसँगै तेल बजार प्रभावित
-
दुई महिनादेखि फोहर नउठ्दा शिवगञ्ज बजारमा समस्या
-
अव्यवस्थित बसोबासीलाई जग्गाधनी प्रमाण पुर्जा वितरण गरिँदै
-
संघको सिकोः गण्डकीमा पनि स्वकीय सचिव लिने तयारी
-
पूर्वी अफगानिस्तानमा बाढीबाट ४० भन्दा बढीको मृत्यु
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण