एनपीएल सिजन २ : 'डिशहोम गो' बाट प्रत्यक्ष प्रसारण सुरु
काठमाडौँ । नेपाल प्रिमियर लिग (एनपीएल) को दोस्रो संस्करणका खेलको विशेष प्रत्यक्ष प्रसारण डिस मिडिया नेटवर्कको आधिकारिक ओटीटी मञ्च 'डिसहोम गो' मार्फत सुरु भएको छ ।
नेपाल क्रिकेट संघ (क्यान) बाट प्रसारण अधिकार प्राप्त गरेपछि डिस मिडिया नेटवर्कले प्रशारण सुरु गरेको हो । जसअनुसार आज साविक विजेता जनकपुर बोल्ट्स र काठमाडौँ गोर्खाजबिचको खेल प्रशारण गरिएको छ ।
यस संस्करणका एनपीएल खेलहरू विज्ञापनरहित प्रसारण हुने हुँदा दर्शकहरूलाई उच्च गुणस्तरको अनुभव प्रदान गर्ने डिस मिडिया नेटवर्कले जनाएको छ । खेलको प्रत्यक्ष प्रसारण डिसहोम गो एप तथा वेबसाइटबाट मात्र उपलब्ध हुने र युट्युबमा उपलब्ध नहुने कम्पनीले जनाएको छ ।
दर्शकहरूका लागि भुक्तानी प्रक्रिया सहज बनाउन ईसेवा, खल्ती, भिसा र मास्टरकार्डजस्ता माध्यमहरू उपलब्ध गराइएको छ । 'डिसहोम गो'बाट खेल हेर्न नेपाली दर्शकका लागि ३०० नेपाली रुपैयाँ, मध्यपूर्वका लागि ५०० नेपाली रुपैयाँ र अन्य देशका लागि १० अमेरिकी डलर निर्धारण गरिएको छ ।
डिसहोम गो मोबाइल एप (एन्ड्रोइड, आइओएस), एन्ड्रोइड टीभी र वेब ब्राउजरमार्फत उपलब्ध छ ।
उच्च गुणस्तरको भिडियो स्ट्रिमिङका लागि मोबिओटिक्स र अकामाई जस्ता विश्वविख्यात प्रविधि साझेदारहरूसँग सहकार्य गरिएको डिस मिडिया नेटवर्कले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सहकारीद्वारा स्थानीय उत्पादनको ‘ब्राण्डिङ’
-
मानवसेवा आश्रम पुगेर गगनले आश्रितलाई खुवाए खाना, तस्बिरहरू
-
संविधान संशोधन सुझाव कार्यदल : एमालेले तथ्य र औचित्यका आधारमा प्रस्ताव तयार गर्ने
-
कांग्रेसले मुख्यमन्त्री कँडेलविरूद्ध अविश्वास प्रस्तावको पक्षमा मतदान गर्ने
-
साउन २९ गते कांग्रेस संस्थापन इतरपक्षले बोलायो राष्ट्रिय भेला
-
बंगलादेशमा दादुराबाट थप ६ जनाको मृत्यु
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण