काठमाडौँ महानगरपालिकाले संस्थागत बहाल कर उठाउने, वडा कार्यालयहरूलाई निर्देशन जारी
सारांश
- काठमाडौं महानगरपालिकाले सबै वडा कार्यालयहरूलाई बहाल कर उठाउन निर्देशन दिएको छ।
- यो निर्णय संविधान र सर्वोच्च अदालतको फैसलामा आधारित रहेको बताइएको छ।
- महानगरपालिकाले संघ/संस्था, भवन र व्यावसायिक भवनबाट कर उठाउने जनाएको छ।
काठमाडौँ । काठमाडौँ महानगरपालिकाले महानगरभित्रका सम्पूर्ण संघरसंस्था, बहुउद्देश्यीय भवन तथा व्यावसायिक भवनहरूबाट संस्थागत बहाल कर असुल गर्न सबै वडा कार्यालयहरूलाई निर्देशन दिएको छ ।
यो निर्णय नेपालको संविधान र सर्वोच्च अदालतको फैसलामा आधारित रहेको महानगरपालिकाले स्पष्ट पारेको छ ।
काठमाडौँ महानगरपालिकाको राजस्व विभागले मंसिर १ गते जारी गरेको पत्रमार्फत यो निर्देशन जारी गरेको हो । विभागीय प्रमुख दीपक अधिकारीद्वारा हस्ताक्षरित पत्रमा नेपालको संविधानको धारा २२१ अनुसूची–८ को क्रम संख्या ४ र स्थानीय सरकार सञ्चालन ऐन २०७४ को दफा ५७ बमोजिम बहाल कर उठाउने एकल अधिकार स्थानीय तहमा रहेको उल्लेख गरिएको छ ।
पत्रमा थप जानकारी दिँदै यसअघि नेपाल सरकार अर्थ मन्त्रालय अन्तर्गतका आन्तरिक राजस्व कार्यालयहरूबाट संस्थागत बहाल कर असुल हुने गरेकोमा, सर्वोच्च अदालतमा परेको रिट को मुद्दामा संयुक्त इजलासले महत्त्वपूर्ण फैसला गरेको स्मरण गराइएको छ ।
सर्वोच्चले नेपालको संविधान र अन्तर्राष्ट्रिय कन्भेन्सन व्यवस्था बमोजिम स्थानीय तहको अधिकार रहेको ठहर गर्दै बहाल कर संकलन गर्न स्थानीय तहलाई कुनै पनि बाधा नरहेको फैसला सुनाएको थियो ।
सोही फैसलालाई आधार मानी काठमाडौँ महानगरपालिकाले आफ्ना सबै वडा कार्यालयहरूलाई पत्राचार गरी महानगरभित्रका सबै संघ/संस्था, बहुउद्देश्यीय भवन र व्यावसायिक भवनहरूबाट संस्थागत बहाल कर असुल गर्न अनुरोध गरेको छ ।
यस निर्णयले महानगरपालिकाको आन्तरिक राजस्व वृद्धिमा महत्त्वपूर्ण योगदान पुग्ने अपेक्षा गरिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मनसुन अवधिभर विशेष सावधानी अपनाउन प्राधिकरणको आग्रह
-
‘ग्रे लिस्ट’बाट हटाउन सबैको संयुक्त प्रयास आवश्यकः महालेखापरीक्षक राया
-
खैरो हेरोइनसहित दुई महिला पक्राउ
-
बिल बिजक नराख्नेलाई विभागको जरिवाना
-
१२ बजे १२ समाचार: बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न, कोशीमा मुख्यमन्त्री बन्न दौडधुप
-
इरानमाथि पुनः नाकाबन्दी लागू गरेयता ९ जहाजको मार्ग परिवर्तन गराइएको अमेरिकी सेनाको दाबी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण