मानव अधिकार आयोगका पूर्वसचिव भट्टराईको कविता सङ्ग्रह ‘ग्रहणदान’ विमोचन
सोमबार, ०१ मङ्सिर २०८२, २३ : ३१
सारांश
- मानव अधिकार आयोगका पूर्वसचिव वेदप्रसाद भट्टराईको कविता सङ्ग्रह 'ग्रहणदान' विमोचन गरियो।
- वरिष्ठ साहित्यकार कृष्ण धरावासीले काठमाडौँमा एक कार्यक्रममा उक्त कृति विमोचन गरे।
- कानुनविद्, साहित्यकार र लेखकले कविता सङ्ग्रहमा समेटिएका कवितामाथि टिप्पणी गरे।
काठमाडौँ । मानव अधिकार आयोगका पूर्वसचिव वेदप्रसाद भट्टराईद्वारा लिखित कविता सङ्ग्रह ‘ग्रहणदान’ विमोचन गरिएको छ ।
काठमाडौँमा सोमबार आयोजित एक कार्यक्रमबिच वरिष्ठ साहित्यकार कृष्ण धरावासीले ‘ग्रहणदान’ विमोचन गरे । त्यस क्रममा उनले मानव अधिकारका क्षेत्रमा लामो समय योगदान गरेका भट्टराईले कवितामा पनि न्याय, अधिकार र मानवीय पक्षलाई निकै सजीव ढङ्गले उठान गर्नु भएको बताए । कविता सङ्ग्रहमा समेटिएका कविताका बारेमा कानुनविद् डा रेवतीरमण त्रिपाठी, साहित्यकार सुधा शर्मा, डा टीकाराम पोखरेल, डा चन्द्रमान श्रेष्ठ र लेखक वेद भट्टराईले टिप्पणी गरे।
प्रकाशक पैरवी प्रकाशनका अध्यक्ष चन्द्रप्रसाद शिवाकोटीले लेखक भट्टराईमा लुकेको कवित्व कविता सङ्ग्रहमा प्रस्फुटन भएको बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मनसुन अवधिभर विशेष सावधानी अपनाउन प्राधिकरणको आग्रह
-
‘ग्रे लिस्ट’बाट हटाउन सबैको संयुक्त प्रयास आवश्यकः महालेखापरीक्षक राया
-
खैरो हेरोइनसहित दुई महिला पक्राउ
-
बिल बिजक नराख्नेलाई विभागको जरिवाना
-
१२ बजे १२ समाचार: बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न, कोशीमा मुख्यमन्त्री बन्न दौडधुप
-
इरानमाथि पुनः नाकाबन्दी लागू गरेयता ९ जहाजको मार्ग परिवर्तन गराइएको अमेरिकी सेनाको दाबी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण