आजकाे खेल
एनपीएल : चितवन राईनोजसँग कर्णाली याक्स र विराटनगर किङ्ससँग पोखरा एभेन्जर्स भिड्दै
मङ्गलबार, ०२ मङ्सिर २०८२, ०५ : ४२
सारांश
- आज नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत दुई खेलहरू हुँदैछन्।
- पहिलो खेल चितवन राइनोज र कर्णाली याक्स बीच र दोस्रो खेल विराटनगर किङ्स र पोखरा एभेन्जर्स बीच हुनेछ।
- सोमबार काठमाण्डु गुर्खाजले साबिक विजेता जनकपुर बोल्ट्सलाई हरायो।
काठमाडौँ । आज (मङ्गलबार) नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत दुई खेल हुँदै छन् । त्रिवि क्रिकेट मैदानमा बिहान ११ः४५ बजे हुने पहिलो खेलमा चितवन राईनोज र कर्णाली याक्स भिड्नेछन् ।
त्यस्तै, दिउँसो ४ बजेबाट सुरु हुने दोस्रो खेलमा विराटनगर किङ्सले पोखरा एभेन्जर्ससँग खेल्नेछ । चारै टोली आजको खेलबाट प्रतियोगितामा राम्रो सुरुवात गर्ने लक्ष्यमा हुनेछन्।
साेमबारबाट सुरु भएको लिगमा काठमाण्डु गुर्खाजले साबिक विजेता जनकपुर बोल्ट्सलाई ५ विकेटले हराउँदै विजयी सुरुवात गरिसकेको छ । त्यो जितसँगै गुर्खाजले अङ्क तालिकामा दुई अङ्क जोडेको छ ।
नेपाल क्रिकेट सङ्घ (क्यान)को आयोजनामा यही मङ्सिर १ गतेदेखि सुरु प्रतियोगिताको फाइनल मङ्सिर २७ मा हुनेछ । प्रतियोगिताका विजेताले रु एक करोड १० लाख पाउने क्यानले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
त्रिविको ६७ औँ वार्षिकोत्सव : दीर्घसेवा पदक वितरण
-
राष्ट्रिय परिचयपत्रसम्बन्धी सेवा बिहानदेखि साँझसम्मै
-
मेस्सी उत्कृष्ट खेलाडी घोषित
-
कङ्गोमा इबोला प्रकोप तीव्र, मृत्यु हुनेको सङ्ख्या ९९९ पुग्यो
-
न्यायपालिकाको पाँचौं रणनीतिक योजनामा भदौ २४ को विध्वंसको धक्का
-
एमआरपी अनिवार्य गर्ने निर्णयबाट फेरि पछि हट्यो सरकार, बजारमा भने कडाइ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण