विष्णु पौडेल र शंकर पोखरेलको उपस्थितिमा बस्यो एमाले संगठन विभागको बैठक
काठमाडौँ । नेकपा (एमाले) केन्द्रीय संगठन विभागको बैठक बसेको छ ।विभागका प्रमुख काशीनाथ अधिकारीको अध्यक्षतामा मंगलबार च्यासलमा बसेको बैठकले पार्टीको महाधिवेशन प्रतिनिधि छनोटको विषयमा छलफल गरेको छ ।
पार्टीका उपाध्यक्ष विष्णु पौडेल तथा महासचिव शंकर पोखरेल समेतको उपस्थितिमा भएको बैठकमा आसन्न एघारौँ महाधिवेशनको प्रतिनिधिसँग सम्बन्धित विषयमा थप स्पष्ट पार्न छलफल भएको पार्टी संगठन विभाग सचिव माधव ढुङ्गेलले जानकारी दिए ।
बैठकमा महाधिवेशनमा सहभागी हुने प्रतिनिधित्वका विषयमा स्पष्ट पारिएको ढुङ्गेलको भनाइ छ ।
प्रतिनिधि छनोटका लागि मङ्सिर १३ गतेसम्म सर्वसम्मत वा मतदान प्रक्रियाबाट भए पनि निर्वाचन सम्पन्न गरिसक्नु पर्ने र १५ गते भित्र पार्टी केन्द्रीय कार्यालयमा विवरण पठाउनु पर्ने एमालेले यसअघि नै निर्णय गरेको थियो ।
त्यसका लागि आवश्यक समन्वय गर्न संगठन विभागका सदस्यहरूलाई जिम्मेवारी समेत दिएको छ । ‘ पार्टीले जारी गरेको अन्तरपार्टी निर्देशनको विषयमा थप स्पष्ट हुने काम भयो, प्रक्रिया जहिले सुरु गरे पनि मङ्सिर १३ गतेसम्म प्रतिनिधि छनोटको काम टुङ्गिनु पर्छ र १५ गते भित्र प्रतिनिधिको नाम केन्द्रमा आइसक्नु पर्छ’, ढुङ्गेलको भनाइ छ ।
एमालेको एघारौँ महाधिवेशन मङ्सिर २७ देखि काठमाडौँमा हुँदै छ । पार्टी नेतृत्व अहिले त्यसकै तयारीमा केन्द्रित छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
इरानसँगको युद्धमा अमेरिकाले हालसम्म ३७.५ अर्ब डलर खर्च गरेको दाबी, थप बजेट माग
-
मेची भन्सारद्वारा १७ अर्ब ६७ करोड राजस्व सङ्कलन
-
बीपी स्मृति दिवसमै विभाजनको बाटोतिर कांग्रेस अग्रसर भएको हो ?
-
तस्बिरमा हेर्नुहोस् कांग्रेसको 'ग्रीन रन' प्रतियोगिता
-
दोलखामा पहिरो जाँदा एक व्यक्ति बेपत्ता
-
कांग्रेसको ग्रीन रन प्रतियोगिता शुभारम्भ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण