सुदन गुरुङको प्रश्न: विधिको शासन लागू नहुने भने पुरानो शासन र अहिलेकोमा के फरक भयो ?
सारांश
- जेनजी अनलोनका अगुवा सुदन गुरुङले विधिको शासन कमजोर भएको र सरकारको कार्यशैलीप्रति असन्तुष्टि जनाएका छन्।
- उनले दुर्गा प्रसाईंलाई उदाहरण दिँदै भड्काउ अभिव्यक्ति दिने र हिंसा फैलाउनेहरूलाई सरकारले कारबाही नगरेको आरोप लगाए।
- गुरुङले गृहमन्त्रीले संवेदनशील घटनामा संलग्न व्यक्तिहरूलाई छानबिन र कारबाही नगरेको भन्दै प्रश्न उठाए।
काठमाडौं । जेनजी अनलोनका अगुवा तथा हामी नेपालका संस्थापक अभियन्ता सुदन गुरुङले मुलुकमा विधिको शासन कमजोर हुँदै गएको आकलन गर्दै सरकार तथा गृहमन्त्रीको कार्यशैलीमाथि असन्तुष्टि व्यक्त गरेका छन्। मंगलबार सामाजिक सञ्जालमा एक पोस्ट लेख्दै उनले वर्तमान सरकारप्रति असन्तुष्टि प्रकट गरेका हुन् ।
उनले अहिले देशमा भइरहेका गतिविधिले पुरानो शासन र अहिलेकोबिच अन्तर नरहेको टिप्पणी गरेका हुन्। गुरुङले हालका विवादित अभिव्यक्तिहरू, हिंसात्मक धम्की र समाजलाई उक्साउने भाषण खुलेआम गरिरहँदा सरकार ‘दर्शक’ बनेको आरोप लगाएका छन्। उनले लेखेका छन्, ‘दुर्गा प्रसाईँभन्दा धेरै भड्काउने, काटमारको अभिव्यक्ति दिनेहरू खुलेआम सरकारलाई चुनौती दिँदै हिँडिरहेका छन्। शान्तिपूर्ण विरोध गर्ने युवाहरूको टाउकोमा ताकेर गोली हान्नेहरू पनि तिनै हुन्।’
तर यस्ता संवेदनशील घटनामा संलग्न व्यक्तिहरूविरुद्ध गृहमन्त्रीले न त छानबिन अघि बढाएको न त कारबाही गर्न साहस देखाएको आरोप उनले लगाए।
‘दुर्गा प्रसाईंभन्दा धेरै भड्काउ अभिव्यक्ति दिने, काटमारको अभिव्यक्ति दिनेहरू सरकारलाई खुलेआम चुनौती दिँदै हिडेका छन्। शान्तिपूर्ण विरोध गर्ने युवाहरुको टाउकोमा ताकेर गोली हान्नेहरू पनि तिनै हुन् । गृहमन्त्रीसँग तिनलाई त्यसरी नै समातेर छानबिन गर्ने र कारबाही गर्ने आँट देखिएन। आफुलाई संविधानविद भनेर चिनाउने, संविधानको कुन धारामा "सानालाई ऎन र ठुलालाई चैन" लेखेको छ? बिधिको शासन लागू नहुने भने पुरानो शासन र अहिलेकोमा के फरक भयो गृहमन्त्रीज्यू?’, उनले लेखेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१० बजे १० समाचार : विभाजनको बाटोमा कांग्रेस, सहकार्यको प्रयासमा ओली-प्रचण्ड
-
हर्मुज तनावसँगै तेल बजार प्रभावित
-
दुई महिनादेखि फोहर नउठ्दा शिवगञ्ज बजारमा समस्या
-
अव्यवस्थित बसोबासीलाई जग्गाधनी प्रमाण पुर्जा वितरण गरिँदै
-
संघको सिकोः गण्डकीमा पनि स्वकीय सचिव लिने तयारी
-
पूर्वी अफगानिस्तानमा बाढीबाट ४० भन्दा बढीको मृत्यु
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण