बेल्जियमको शानदार जित, लिक्टेनस्टाइन ७-० ले पारजित
बुधबार, ०३ मङ्सिर २०८२, ०३ : ४८
सारांश
- बेल्जियमले विश्वकप छनोटमा लिक्टेनस्टाइनलाई ७-० गोलले पराजित गर्यो।
- खेलको सुरुदेखि नै हाबी भएको बेल्जियमले विभिन्न मिनेटमा गोल गर्दै अग्रता लियो।
- बेल्जियमले जितसँगै २०२६ को विश्वकपमा स्थान सुरक्षित गर्यो।
काठमाडौँ । बेल्जियमले विश्वकप छनोट अन्तर्गत आज राति भएको खेलमा लिक्टेनस्टाइनलाई एकतर्फी प्रदर्शन गर्दै ७-० को विशाल अन्तरले पराजित गरेको छ।
समूह ‘जे’ को अन्तिम खेलमा सुरुवातदेखि नै हाबी रहको बेल्जियमले खेलको तेस्रो मिनेटमै अग्रता लिएको थियो ।
हान्स भानाकेनले पहिलो गोल गर्दै अग्रता दिलाएका थिए जेरमी डोकुले ३४ र ४१ मिनेटमा दुई गोल थप्दै स्कोर फराकिलो बनाए। दोस्रो हाफमा बेल्जियम झनै आक्रामक देखियो। ब्रान्डोन मेचल (५२), अलेक्सिस साएलेमेकेर्स (५५) र चार्ल्स डे केटेलाएरले (५७) र (५९) मिनेटमा दुई गोल गर्दै जितलाई प्रभावशाली बनाए।
लिक्टेनस्टाइनले केही प्रतिआक्रमण गर्ने प्रयास गरे पनि बेल्जियमको बलियो र तेज खेलका कारण मौका बनाउन सकेन।
जितसँगै बेल्जियमले विश्वकप २०२६ मा स्थान पक्का गरेको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जल संरक्षणका लागि जलस्रोतमाथि कानुनी नियमन आवश्यक : ऊर्जामन्त्री श्रेष्ठ
-
प्रधानमन्त्रीसँगको छलफलपछि तयारी पोसाक उद्योगी उत्साहित : ‘मान्छे होइन, वस्तु निर्यात गरेर देश बन्छ’
-
सर्वोच्चले भन्यो- स्वैच्छिक अवकाश लिने बैंक कर्मचारीको पेन्सन वृद्धि हुँदैन
-
भारतमा डेङ्गु खोप प्रयाेगकाे अनुमति
-
पाँचौँ मुख्यमन्त्री बन्ने तरखरमा खगराज भट्ट
-
१ लाख रुपैयाँ चोरेको आरोपमा बेल्टले घाँटी कसेर निशाको हत्या
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण